प्रकाश डोटेल
स्याङ्जा-२२, असार ।
दलित वर्ग उत्थान जिल्ला समन्वय समिति स्याङ्जाले आर्थिक वर्ष २०६८/०६९ मा जिल्लामा गरेका विकास, सचेतना लगाएतका कार्यक्रम र त्यसको प्रभावकारीताका विषयमा एक दिने समिक्षा कार्यक्रम गरेको छ ।
समितिले जिल्लाका खास गरि विपन्न दलित परिवार रहेका गाविसमा विभिन्न किसिमका कार्यक्रम संचालन गरेको थियो । समितिले चालु आर्थिक वर्षमा विभिन्न गाविसमा शौच्ाालय निर्माण, खानेपानी व्यवस्थापन, बाख्रा पालन, आरन व्यवस्थापन र सचेतनाम मुलक कार्यक्रम गरेको बताएको छ ।
सचेतनामा मुलक कार्यक्रमा चार लाख ६० हजार, श्ौचालन निर्माणमा तीन लाख ७१ हजार, बाख्रा पालनमा दुई लाख, आरन व्यवस्थापनमा दुई लाख, पञ्चेबाजा व्यवस्थापनामा एक लाख, र भवन निर्माणमा एक लाख खर्च भएको समितिका उपाध्यक्ष रुकबीर विश्वकर्माले जानकारी दिए ।
सचेतना मुलक कार्यक्रममा अन्तरक्रिया र बैठकमा एक लाख ४० हजार, एकीकृत योजना तर्जुमामा एक लाख १० हजार, जिल्लाका तीन वटै क्षेत्रमा दलित मजदुरहरु गोष्ठीमा एक लाख १० हजार, र २० वटा होर्डिङ् बोर्ड निर्माणमा एक लाख खर्च भएको सार्वजनिक गरिएको छ ।
जिल्लाका सेतीदोभान, टक्सार, पञ्चमूल, आरुचौर, मनकामना, चित्रे, जगतभञ्ज्याङ्, केवरेभञ्जयाङ्, विर्घा, चापाकोट, अर्जुनचौपारी र भाटखोला गाविसमा ७४ वटा शौचालन निर्माण गरेको छ । समितिले ढापुक सिमलभज्याङ्, रत्नपुर, वाङ्सिङ् र साँखरमा विपन्न दलित परिवारका सदस्इलाई बाख्रा पालनका लागि दुई लाख लगानी गरेको छ ।
त्यस्तै चापाकोट, रापाकोट, किचनास र पौवैगौडे गाविसमा आरन व्यवस्थापनका लागि दुई लाख खर्च गरेको छ । समितिका उपध्यक्ष विश्वकर्माका अनुसार तुल्सीभञ्ज्याङ् र बिरुवा खर्चले गाविसमा पञ्चे बाजा व्यवस्थापनका लागि ५०/५० हजार लगानी गरेको छ ।
समितिले पेलाकोट र टक्सार गरि दुई गाविसमा सामुदायिक भवन निर्माणका लागि एक लाख खर्च गरेको बताएको छ । खानेपानी संकलनका लागि श्रीकृष्णगण्डकी गाविसमा ७४ हजार लगानी गरेको समितिका सदस्य लिलबहादुर रणपालले जानकारी दिएका छन् ।
बाषिर्क समिक्षा कार्यक्रमा स्थानीय विकास अधिकारी नरहरी बरालले दलित समुदायलाई उत्थान गर्न सकेमा मात्र विकासको सहित सदुपयोग गर्न सकिने बताए । उनले दलित समुदायका सदस्यहरु र गैरदलितका सदस्यहरु एकजुट हुनुको बिकल्प नभएको बताए ।
Post a Comment