प्रकाश डोटेल
स्याङ्जा-२२, असार ।
जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका-१, मा रहेको समुन्नती तर्फका पाइलाहरु न्ाामक संस्थाको आयोजनामा सञ्चालन भएको सात दिने गुडिया बनाउने तालिम एक कार्यक्रमका बीच शुक्रबार उद्घाटन गरिएको छ ।
तालिमको उद्घाटन गर्दै स्थानीय विकास अधिकारी नरहरी बरालले तालिमबाट प्राप्त ज्ञानलाई आयआर्जन बृद्धि गर्ने तर्फ केन्दि्रत गर्नुपर्नेमा जोड दिए । उनले सिपमुलक तालिमहरु औपचारिकता मात्र नभएर ब्यवहारीक रुपमा समेत उपयोगी बनाउनतर्फ सबैले ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।
त्यसअवसरमा सहायक प्रमुख जिल्ला अधिकारी नवराज वराल, बिरभद्रजंग गुल्मका गुल्मपति रामहरी केसी, नेपाली काँग्रेस स्याङ्जाका सचिब लक्ष्मण भट्टराई, नेकपा एमाले स्याङ्जाका उप-सचिब सुीधर पौडेल, उद्योग वाणिज्य संघ स्याङ्जाका सह-सचिब हिक्मत श्रेष्ठ, नेपाल महिला संघ स्याङ्जाका अध्यक्ष मखमली श्रेष्ठ, लगायतका बक्ताहरुले बोलेका थिए ।
राजनीतिक दल, संघसंस्था लगायतका विभिन्न क्षेत्रका २० जना महिलाहरुको सहभागिता रहेको उक्त तालिममा प्रशिक्षक नन्दा थापा लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् ।
संस्थाका अध्यक्ष नन्दाकुमारी लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत फणिन्द्र पौडेलले गरेका थिए भने स्वागत सदस्य सिमा कर्माचार्यले गरेकी थिइन् ।
Post a Comment