प्रकाश डोटेल
स्याङ्जा–२२, असार -दलित वर्ग उत्थान जिल्ला समन्वय समिति स्याङ्जाले आर्थिक वर्ष २०६८÷०६९ मा जिल्लामा गरेका विकास, सचेतना लगाएतका कार्यक्रम र त्यसको प्रभावकारीताका विषयमा एक दिने समिक्षा
कार्यक्रम गरेको छ ।समितिले जिल्लाका खास गरि विपन्न दलित परिवार रहेका गाविसमा विभिन्न किसिमका कार्यक्रम संचालन गरेको थियो । समितिले चालु आर्थिक वर्षमा विभिन्न गाविसमा शौचालय निर्माण, खानेपानी व्यवस्थापन, बाख्रा पालन, आरन व्यवस्थापन र सचेतनाम मुलक कार्यक्रम
गरेको बताएको छ ।सचेतनामा मुलक कार्यक्रमा चार लाख ६० हजार, शैचालन निर्माणमा तीन लाख ७१ हजार, बाख्रा पालनमा दुई लाख, आरन व्यवस्थापनमा दुई लाख, पञ्चेबाजा व्यवस्थापनामा एक लाख, र भवन निर्माणमा एक लाख खर्च भएको समितिका उपाध्यक्ष रुकबीर विश्वकर्माले
जानकारी दिए । सचेतना मुलक कार्यक्रममा अन्तरक्रिया र बैठकमा एक लाख ४० हजार, एकीकृत योजना तर्जुमामा एक लाख १० हजार, जिल्लाका तीन वटै क्षेत्रमा दलित मजदुरहरु गोष्ठीमा एक लाख १० हजार, र २० वटा होर्डिङ् बोर्ड निर्माणमा एक लाख खर्च भएको सार्वजनिक गरि एको छ ।जिल्लाका सेतीदोभान, टक्सार, पञ्चमूल, आरुचौर, मनकामना, चित्रे, जगतभञ्ज्याङ्, केवरे भञ्जयाङ्, विर्घा, चापाकोट, अर्जुनचौपारी र भाटखोला गाविसमा ७४ वटा शौचालन निर्माण गरेको छ । समितिले ढापुक सिमलभज्याङ्, रत्नपुर, वाङ्सिङ्र सा“खरमा विपन्न दलित परिवार का सदस्इलाई बाख्रा पालनका लागि दुई लाख लगानी गरेको छ ।
त्यस्तै चापाकोट, रापाकोट, किचनास र पौवैगौडे गाविसमा आरन व्यवस्थापनका लागि दुई लाख खर्च गरेको छ । समितिका उपध्यक्ष विश्वकर्माका अनुसार तुल्सीभञ्ज्याङ् र बिरुवा खर्चले गाविसमा पञ्चे बाजा व्यवस्थापनका लागि ५०/५० हजार लगानी गरेको छ ।समितिले पेलाकोट र टक्सार गरि दुई गाविसमा सामुदायिक भवन निर्माणका लागि एक लाख
खर्च गरेको बताएको छ । खानेपानी संकलनका लागि श्रीकृष्णगण्डकी गाविसमा ७४ हजार लगानी गरेको समितिका सदस्य लिलबहादुर रणपालले जानकारी दिएका छन् ।बार्षिक समिक्षा कार्यक्रमा स्थानीय विकास अधिकारी नरहरी बरालले दलित समुदायलाई उत्थान गर्न सकेमा मात्र विकासको सहित सदुपयोग गर्न सकिने बताए । उनले दलित समुदायका सदस्यहरु र गैरदलितका सदस्यहरु एकजुट हुनुको बिकल्प नभएको बतँए ।

Post a Comment