Header Ads

Recently Updated :
Home » » इद धमाका २०१२ को प्रोमो र केहि तस्विरहरु

इद धमाका २०१२ को प्रोमो र केहि तस्विरहरु

Posted By Krishna parajuli(Ghanashyam) on Monday, July 23, 2012 | 12:56 PM


कतारमा डि आइ डी ग्रुप र नेपाली कलाकारहरुको साथमा इद धमाका २०१२ हुँदै 


कुमार रेग्मीको पहिलो प्रस्तुती रहेको इद धमाका २०१२ को व्यवस्थापन पक्षमा लक्ष्मण खतिवडा रहेका छन् भने स्याङ्जा सहयोग समाज विशेष सहयोगी संस्थाको रुपमा रहेको छ ।
  
इदको पहिलो र दोश्रो दिन गरी दुई दिन देखाईने सो कार्यक्रममा भारतीय डान्स इण्डिया डान्सका चर्चित ४ नृत्यकारहरुको प्रस्तुती रहनेछ सोही कार्यक्रममा नेपालबाट पनि चर्चित कलाकारहरु आउने निश्चित भैसकेको छ ।





































भारतीय चर्चित मनोरञ्जनात्मक जि टिभी नामक टेलिभिजन च्यानलद्धारा आयोजित विभिन्न बर्षका उत्कृष्ट ४ नृत्यकारहरुमा डि आइ डी सिजन ३ का प्रदीप गुरुङ, डि आइ डी सिजन २ का साजन सिंह, डि आई डी सिजन २ का प्रिन्स गुप्ता र डि आई डी सिजन २ की भावना पुरोहित आउने भएकी हुन् । 



त्यस्तै गरी नेपालबाट आउने कलाकारहरुमा नेपालका चर्चित आधुनिक तथा गजल गायक प्रमोद खरेल, नेपाली साकिराको नामले प्रसिद्धि कमाएकी बर्षकै हट गायिका इन्दिरा जोशी, बर्षकै हट नायिका मध्येकी चर्चित हट नायिका विनिता बराल, चर्चित पप गायक धिरज राई, आधुनिक गायिका मल्लिका कार्की र चर्चित नृत्यांगना रिया श्रेष्ठको पनि नयाँ नयाँ प्रस्तुती रहने भएको छ ।









Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi