स्याङजा, श्रावण ९, स्याङजा जिल्लाको साँखर गाविसमा रहेको मेलमिलाप कृषि प्रड्क्सन प्रालिमा मंगलवार आगलागी भएको छ । यस आगलागीमा परि १ ४५ वटा बाख्राहरू जलेका छन् । आगलागीबाट २० लाख रुपैंया भन्दा धेरैको क्षति भएको बताइएको छ । यो बाख्रा फारम बिदेश गएर फर्किएका ८ जना युवाहरुको सक्रियतामा सञ्चालन गरिएको थियो । गत मंसीरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले उद्दघाटन गर्नुभएको यो फारम स्याङजा सदरमुकामवाट ३० किलोमिटर पश्चिममा रहेको वालिङ वजारवाट झण्डै आठ घण्टाको पैदल दुरीमा पर्दछ । फारममा माछापालन र मौसमी तथा वेमौसमी तरकारी खेती समेत शुरु गरिएको छ ।
स्याङजाको कृषि फारममा आगलागी
Posted By Krishna parajuli(Ghanashyam) on Monday, July 23, 2012 | 10:20 PM
Labels:
समाचार
Post a Comment