प्रकाश डोटेल
स्याङ्जा-५, साउन ।
स्याङ्जाको सदरमुकाममा शुक्रबार जनजाती नेता तथा कार्यकर्तासंगको भेटघाटका क्रममा लेखीले आफुहरुले नयाँ पार्टि खोल्ने जातीय लडााइको लागि नभई जनजाती पहिचानको लागि भएको स्पष्ट पारे । उनले देशमा बाहुनबादको अन्त्य गर्नका लागि पनि नयाँ शक्ति आवश्यक भएको बताए ।
बाहिर आएजस्तो आफुहरु जातीय राज्य नमागेको जिकिर गर्दै अध्यक्ष लेखीले बाहुन क्षेत्री तथा अतिबादीहरुले जनजातीको लडाईलाई बाहुन क्षेत्रीको विरुद्धको लडाँइकको रुपमा बुझेको बताउँदै आफूहरुको समानताको लडाई भएको वताए ।
जनजाती महासंघका पुर्व अध्यक्ष पासाङ् शेर्पाले साठी बर्षे राजनैतिक शक्तिले जनजातीहरुको मागलाई सम्बोधन गर्न नसकेकोले आफुहरु नयाँ शक्तिको बिकल्प भएको धारणा व्यक्त गरे ।
सोहि अबसरमा प्राध्यापक डा कृष्ण भट्टचनले अन्र्तराष्ट्रिय दबाब आइरहेकोले यहि अगस्ट ९ मा नयाँ पार्टी खोल्ने जानकारी दिए । उनले जेष्ठ १४ पछि नै पार्टी खोल्ने दबाब आएपनि अब अगष्ट ९ मा नयाँ पार्टिको कार्यसमिती चयन गर्ने बताए ।
छलफलमा कार्यकर्ताहरुले नयाँ खोलिने पार्टीलाई उपल्लो तहदेखि विबाद रहित बनाउन पर्नेमा जोड दिएका छन् । उनीहरुले नयाँ पार्टी खोल्दा बिचार कस्तो हुनुपर्ने घोषणा पत्र कस्तो हुनुपर्ने स्पष्ट हुनुपर्ने सुझाव दिएका थिए ।
Post a Comment