Home »
समाचार
» जननायक बीपी कोइरालाको ३० औं स्मृति दिवस पुतलीबजार नगरापलिका ८ सतौमा
लोकराज भण्डारी- स्याङ्जा, ६ श्रावण-नेपाली काङ्ग्रेसका संस्थापक तथा जननेता बीपी कोइरालाको ३० औं स्मृति दिवस आज स्याङ्जामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेस नंं. क्षेत्र १ को आयोजनामा पुतलीबजार नगरापलिका ८ सतौमा रहेको शहिद महेन्द्र शाहा स्मृती पार्कमा बृक्षरोपण सहित बिपि विचार गोष्ठिको आयोजना गरेको छ । गोष्ठिमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोपाल मान श्रेष्ठले आजको सन्र्दभका विपिको बिचार मेलमिलाप सिद्धान्तको आवश्यकता भएको बताउनुभयो । उहाँले फरक प्रशंगमा बोल्दै एकिकृत माओबादीकै कारणले संविधान सभा विघटन भएको बताउनुभयो । उहाँले माओबादीले जातिय सद्भाव खल्बल्याएर जातिय दंगा फौलाएको बताउनुभयो । कार्यक्रममा पार्टि सभापति कमल प्रसाद पंगेनीले बिपीको बिचार अझौ १०० बर्षको लागी आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सचिव कुमार राना, महासमिती सदस्यहरु शिव कुामार गिरी, गजेन्द्र प्रकाश मल्ल, राजु थापा, हिरादेवी शर्मा, महाधिबेशन प्रतिनिधिहरु मुन्न शेख, देवी अर्या, तरुण दलका सभापती अर्जुन प्रकाश अर्याल, नगर सभापति वेद प्रसाद दोरङ्गा, शिक्षक युनियनका अध्यक्ष मुक्ति रेग्मी, नेवी संघका क्षेत्रीय सभापति अजीत क्षेत्री, केशव लम्साल, शौलेन्द्र सापकोट, गणेश ढकाल, वडा सभापति दुर्गा बहादुर रोकाहा, तारा मल्ल लगाएतले मन्तव्य राखेका थिए । क्षेत्रीय अध्यष तुलसी रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन कोषाध्यक्ष चित्र बहादुर कार्कीले गर्नुभएको थियो । पार्कमा सल्लो रुद्राक्ष लगाएका विरुवा करीब २ सय रोपिएको छ ।
यस्तै दिवसका अवसरमा आज नेपाली काङ्ग्रेस पुतलीबजार नगरपािलका २ काभ्रे थुम्की डाँडामा वृक्षारोपण कार्यर्यक्रम गरीएको छ । नेपाली कांग्रेसका वडा सभापति चेत बहादुर पौडेलको अगुवाईमा १५ वटा अमरिसो, १० वटा निगाला, ५ वटा बाँस, ७ वटा खनियो, ६ वटा चिलाउने लगायतका जातका विरुवाहरुको रोपण गरेको हो । त्यसैगरि नागेश्वर शिव मन्दिर कैलाशनगर जैशी डाँडामा पनि वृक्षा रोपण गरिएको छ । नागेश्वर शिव मन्दिरका अध्यक्ष चोलाकान्त अर्यालको सक्रियतामा एक सय २५ वटा सिसौ, एक सय सुन्तला र अन्य जातजातिका विरुवाहरु रोपण गरिएको हो । त्यसैगरि दिवसको अवसरमा नेपाली काग्रेस रापाकोटले रापाकोट गाउँ बिकास समितिको १ र २ मा रहेको एकानन्द गुफामा बृक्षारोपण गरिएको छ । नेपाली काग्रसका बयोबृद्ध स्थानिय नेता बोम बहादुर गुरुङ्ले नासपतीको बिरुवा रोपेर बृक्षारोपण सुरु भएको थियो । गुफाको वरीपरी नासपती, पैयु र बासका चालीस बिरुवा रोपीएको हो । त्यसैगरि रापाकोट ३ आग्रीखर्क उसित र कटुसको २५ बिरुवा रोपण गरिएको नेपाली काग्रेसका नेता बिष्णु काफ्लेले बताउनुभयो । आरुखर्कका पौडेल कुल देवता मन्दिर क्षेत्रभित्र २ दुई सय विरुवा रोपेको मोहनी प्रसाद पौडेलले बताउनुभयो । यस्तै पेल्काचौर २ एक्लेचौर मा सामुदायिक बनमा करीब २ सय दालचिनीका विरुवा रोपिएको बताइएको छ । नेपाली कांग्रेस स्याङ्जाले २ नगरपालिका र ६० गाविसमा गरी करीब दश हजार विरुवा रोपेको जनाएको छ ।
Post a Comment