Header Ads

Recently Updated :
Home » » नेकपा-माओवादीले संगठनको जिम्मेवारी तोक्यो

नेकपा-माओवादीले संगठनको जिम्मेवारी तोक्यो

Posted By संकल्प on Sunday, July 22, 2012 | 9:19 AM


प्रकाश डोटेल
स्याङ्जा-६, साउन ।
नव गठित नेकपा-माअेावादी स्याङजाको प्रथम जिल्ला वैठक वालिङमा सम्पन्न भएको छ । बैंठकले जनबर्गिय र क्षेत्रिय संगठनको जिम्मेवारी समेत तोकेको छ ।  

वैठकमा वोल्दै माओवादीका केन्दि्रय सदस्य एवं तमुवान राज्य समितिका ईन्चार्ज श्रीनाथ अधिकारी 'श्याम'ले समग्र क्रान्ती जनआन्दोलन र जनयुद्धलाई प्रतिगामी र नवसंशोधनवादी कित्ताले संविधान सभासँगै अहिलेसम्मको सवै उपलव्धीलाई गम्भिर दुर्घटनामा पारेको आरोप लगाए ।

कार्यक्रममा वोल्दै अर्का केन्दि्रय सदस्य एवं राज्य समिति सचिव यशोदा सुवेदी 'प्रभा'ले विश्व सर्वहारा वर्ग र आम नेपाली जनताल सही र वैज्ञानिक निर्णयको प्रतिक्षामा रहेको भन्दै आफूहरु त्यस तर्फ लागेको जानकारी दिइन् । 

वैठकमा नेकपा माओवादीका राज्य सचिवालय सदस्य एवं स्याङजाका ईन्चार्ज केशरवहादुर कुँवर 'शिर्जनशिल'ले सांगठानिक संरचनाको बारेमा जानकारी दिदै जिल्लामा आफूहरु वहुमतमा रहेको दावी गरे ।

वैठकले विभिन्न क्षेत्र र जनवर्गिय संगठनको जिम्मेवारी समेत वाँडफाँड गरेको छ ।  क्षेत्र नं १ को ईन्जार्चमा चन्द्रवहादुर नेपाली 'शोभित' र सचिवमा दिपक पोख्रेल 'दिलिप'लाई जिम्मेवारी दिएको छ । 

त्यसैगरी क्षेत्र नं २ को ईन्चार्जमा भिमवहादुर गुरुङ 'प्रतिरोध' र सचिवमा खिमकुमार विक 'हिक्मत' तथा क्षेत्र नं ३ को ईन्चार्जमा गंगावहादुर भण्डारी 'आक्रोस' र सचिवमा वेदप्रसाद भट्राई रहेकाछन् । 

वैठकले विभिन्न जनवर्गिय संगठनका अध्यक्षहरुको समेत जिम्मेवारी तोकेको छ । जसमा मजदुरमा सागर अर्याल, विद्यार्थीमा प्रकाश डुम्रे, महिलामा भोला ढकाल 'रमा', किसानमा ठमनारायण शर्मा, वुद्धिजिवीमा शेरवहादुर थापा, मगरमा भिमलाल थापा, तमुमा हुमवहादुर गुरुङ, मुस्लिममा मकवुल मिया, दलितमा यामवहादुर विक, जनसंास्कृतिकमा प्रेम हमाल रहेका छन् । 

त्यस्तै जनस्वयं सेवक दस्तामा मनिराम पौडेल, शिक्षक संगठनमा मित्रवन्धु पौडेल र संयुक्त मोर्चाम्ाा भिमवहादुर गुरुङलाई जिम्मेवारी दिएको छ । उता क्रान्तिकारी पत्रकार महासंघमा प्रकाश डुम्रेलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको नेकपा माओवदी स्याङजाले जनाएको छ । 

कार्यक्रममा जनस्वयंसेवक दस्ता तमुवान संयोजक विदुर शर्मा, नेकपा माओवादी स्याङजाका सचिव पारस गैह्रे लगाएतले वोलेका थिए । वैठक जिल्ला ईन्चार्ज केशरबहादुर कुँवर 'सिर्जनशिल'को अध्यक्षतामा सम्पन्न भएको थियो । 
    

Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi