Header Ads

Recently Updated :
Home » » 'सत्ता कब्जाका लागि संविधानसभा भंग'

'सत्ता कब्जाका लागि संविधानसभा भंग'

Posted By संकल्प on Sunday, July 22, 2012 | 9:27 AM

प्रकाश डोटेल/स्याङ्जा-६, साउन ।
नेपाली काँग्रेसका केन्दि्रय सदस्य गोपालमान श्रेष्ठले एकीकृत नेकपा माओवादीले योजनाबद्ध रुपमा सत्ता कब्जा गर्ने नियतका साथ संविधानसभाको भंग गराएको आरोप लगाएका छन । संविधानसभा भंग गराएपछि रहने शुन्यतामा सत्ता कब्जा गर्न माओवादीले सजिलो मानेको समेत बताए ।
३० औं बीपी जयन्तीका अवसरमा नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं.-१, को आयोजनामा पुतलीबजार नगरपालिका-८, सतौ स्थित शहिद महेन्द्र शाह स्मृती पार्कमा भएको 'बृक्षारोपया तथा बीपी, वर्तमान राजनीति र हाम्रो दायित्व' विषय अन्तरक्रियालाई सम्बोधन गर्दै नेता श्रेष्ठले सो कुरा बताएका हुन् ।
'माओवादीले सोचे जस्तो सजिलो पारामा सत्ता कब्जा हुन सक्दैन् ।' नेता श्रेष्ठले भने, 'सत्ता कब्जाको सपनाबाट बाहिर आएर सहमति, सहकार्य र एकता मार्फत वर्तमान राजनीतिक समस्या हल गर्न माओवादीलाई आग्रह छ ।' माओवादी सहमतिमा नआए आन्दोलनबाटै सत्ता बाहिर ल्याउने श्रेष्ठले बताए ।
संविधासभाका पूर्व सदस्य समेत रहेका श्रेष्ठले केहि दिन अघि संविधासभाको पूर्नस्थापना हुनुपर्नेमा जोड दिदै आएकोमा अन्तरक्रियालाई सम्बोधन गर्ने क्रममा राजनीतिक सहमतिमा अन्तरिक संविधानका केहि धारा संशोधन गरेर अगाडी जानुपर्ने जिकिर गरे । अबको निर्वाचन संसदीय हुनुपर्ने उनको भनाई थियो ।
सो अबसरमा बोल्दै नेपाली काँग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनीले नेपालको पछिल्लो ५ वर्षमा माओवादीले राज्यलाई ब्रहृमलुट गरेको बताए । उनले माओवादीका कारणले देशमा यथोचित विकास हुन् नसकेको बताए । सभापति पंगेनीले माओवादीहरु सर्वहाराको विकास गर्ने नाममा धन आर्जन तर्फ लागेको बताए । 
कार्यक्रममा नेपाली कांग्रेसका नेता शिवकुमार अधिकारी, सचिव कुमार राना, महासमिति सदस्यहरु शिवकुमार गिरी, गजिन्द्रप्रकाश मल्ल, राजु थापा, हीरादेवी शर्माले बीपीको सैद्धान्तिक पक्षलाई काँग्रेसले भावि रणनीति बनाउनुपर्नेमा जोड दिए । 
अन्तरक्रियामा काँग्रेसका जिल्ला सदस्य सीमा कर्मचार्य, अर्जुनप्रकाश अर्याल, मोहनीप्रसाद पौडेल, महाधिबेशन प्रतिनिधिहरु मुन्ना शेख, देवि अर्याल, शिक्षक यूनियनका अध्यक्ष मुक्तिप्रसाद रेग्मी, नगर सभापति बेदप्रसाद दोरङ्गा, महिला संघकी सभापति मखमलि श्रेष्ठ, तरुणदलका निमबहादुर राना, नेपाल विध्ाार्थी संघका उपसभापति केशव लम्साल, दुर्गा बहादुर रोकाहा, एमाओवादीका प्रकाश पौडेल, राप्रपा नेपालका धनबहादुर गुरुङ्, एमालेका नरबहादुर केसी, अजित क्षेत्री, दलित नेता शैलेन्द्र सापकोटा लगायतले बोलेका थिए ।
पञ्चायती शासन बिरुद्ध २०३६ सालमा स्याङ्जा सदरमुकाममा भएको बिद्यार्थी आन्दोलनका क्रममा गोली लागेर शाहदत प्राप्त गरेको पुतलीबजार नगरपालिका-८, का महेन्द्र शाहको स्मृतीमा निर्माण गरिएको पार्क क्षेत्रमा बृक्षारोपण गरिएको छ । करिब पाँच रोपनी जग्गामा चाप, सिसौं, धुपी, सल्लो गरि करिब दुई सय ५० बिरुवा रोपण गरिएको छ ।  
नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं.-१ का क्षेत्रिय सभापति तुलसीराम रेगमीको सभापतित्वमा भएको बृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रममा स्वागत उपाध्यक्ष तारा मल्लले गरेकी थिइन भने संचालन क्षेत्रिय कोषाध्यक्ष चित्रबहादुर कार्कीले गरेका थिए ।
बीपी जन्यतीका अबसरमा जिल्लाका विभिन्न भागहरुमा विविध कार्यक्रम सम्पन्न भएका छन् । स्याङ्जाको आरुखर्क, करेण्डाँडा, वालिङ्, गल्याङ्, चापाकोट, सेखाम, साँखर, बिरुवा लगाएका क्षेत्रमा बृक्षारोपण र प्रबचन कार्यक्रम सम्पन्न भएका छन् । 
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi