प्रकाश डोटेल
स्याङ्जा-४, साउन ।
जिल्ला पशु सेवा कार्यालयले आर्थिक वर्ष २०६८/०६९ को ग्रामिण्ा स्वरोजगार कार्यक्रम अन्र्तगतको अनुदानको रकम वितरण्ा गरेको छ । कार्यालय खुलाएको ग्रामिण्ा स्वरोजगार कार्यक्रबाट छनौट भएका ४८ जनालाई नौ लाख रुपैयाँ वितरण्ा गरेको हो ।
कार्यक्रमका लागि जिल्ला भरबाट तीन सय ६ जनाले फारम भरेका थिए । कार्यलयले कुखुरा, बंगुर र बाख्रा पालनको लागि १६ हजार दुई सय र भैसी, रांगा पालनको लागि २३ हजार रुपैयाँ कृषकहरुलाई अनुदान दिएको छ ।
त्यसैगरि गाईपाललनमा एक, रागो पालनमा एक, भैसीपालनमा १६, बाख्रापालनमा २१, बंगुरपालनमा दुई र कुखुरापालनमा सात जना गरी ४८ जना युवा कृषकहरुलाई रकम वितरण्ा गरेको हो ।
अनुदान रकम क्षेत्रीय पुश निर्देशक बंशी शर्मा, स्थानिय विकास अधिकारी नरहरी बरालले समुक्त रुपमा वितरण्ा गरेका थिए । रकम वितरण्ा गर्दै क्षेत्रीय पशु निर्देषक बंषी शर्माले स्याङजा जिल्लालाई दुधको खानी भनेर चिनिएपनि पछिल्लोे दुध उत्पादनमा कमी आउनु दुःखत कुरा भएको बताए ।
सोहि अवसरमा स्थानिय विकास अधिकारी नरहरी बरालले कृषकहरुले प्राप्त रकमबाट व्यावसायीक रुपमा पशुपालन गर्नुपर्नेमा जोड दिए । कृषकहरुले आफुहरुले प्राप्त गरेको रकम व्यावसायीक पशुपालन गर्न अपुग भएपनि प्रोत्साहन मिलेको बताएका थिए ।
Post a Comment