Header Ads

Recently Updated :
Home » » पौवैगौडेमा गर्भवतीको घरमा निलो झण्डा

पौवैगौडेमा गर्भवतीको घरमा निलो झण्डा

Posted By संकल्प on Saturday, July 21, 2012 | 8:44 AM

प्रकाश डोटेल /स्याङ्जा-४, साउन ।
जिल्लाको पौवैगौडे गाविसका महिला स्वाथ्य स्वयंसेविका र स्वास्थ्य ब्यवस्थापन समितिका पदाधीकारीहरुबीच भएको अन्तरक्रिया कार्यक्रममार्फत गाविसका गर्भवती महिलाहरुका लागि 'सुरक्षित प्रसुती सेवा' घोषणा गरिएको छ ।
घोषित कार्यक्रम सफल पार्न गाविसको पहलमा प्रत्येक वडाका महिला स्वयंसेविका परिचालन गरी गर्भवती महिला भएको घरमा प्रष्ट देखिने गरी निलो झण्डा राख्ने निर्णय गरिएको छ । गर्भवती महिलाहरुलाई सबैले सदभाव देखाउनु पर्दछ भन्ने सन्देश दिनका लागि कार्यक्रम प्रभावकारी हुने आयोजकले जनाएको छ ।
गर्भवती महिलाको हीतमा गरिने उक्त कार्य अत्यन्तै स्रहानीय र अनुकरणीय भएको भन्दै स्थानीय बासिन्दा उत्साहित भएका मात्र छैनन् उनीहरु अभियानलाई सफल पार्न कम्मर कसेर लागेका छन् ।
गाविसका नौवटै वडाका पाँच बर्षमुनिका बालबालिकाहरुको बृद्धि अनुगमन गरी खोपको महत्व र खोप कार्ड सुरक्षित राख्ने र बृद्धि अनुगमनमा उत्कृष्ठ ठहरिएका तीन जनालाई पुरस्कृत गर्ने समेत अभियान शुरु गरिएको पौवैगौंडे स्वास्थ्य चौकीका अहेब प्रेमबन्धु पोख्रेलले जानकारी दिए ।
कार्यक्रममा संलग्न बुद्धिजीवी, समाजसेवी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य चौकीका कर्मचारीहरुको मनोवल उच्च राख्न, गाविसको स्वास्थ्यको स्थितिमा ब्यापक सुधार ल्याउन, कार्यक्रमले टेवा पुर्‍याउने स्वास्थ्य चौकीका प्रमुख नारयणबन्धु अर्यालले विश्वास व्यक्त गरे ।
गाविस परिषद्बाट आर्थिक बर्षको बजेट ६८ हजार, चार सय ७५ रुपैँयाले महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन भत्ता बृद्धि र अनुगमन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । आगामी दिनहरुमा पनि जनमानसमा सकारात्मक सन्देश प्रवाह हुर्ने खालका यस्तै कार्यक्रमहरु सञ्चालन गर्ने गाविस सचिब बिष्णुप्रसाद लामिछानेले बताए ।
आर्थिक बर्ष ०६९/७० श्रावण दोस्रो हप्तादेखि लागु हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको र अब विधिबतरुपमा कार्यक्रम सञ्चालनमा ल्याई गाविसलाई स्वास्थ्यका दृष्टिकोणले जिल्लामै नमूना गाबिस बनाउन आफू मेहनत र परिश्रमकासाथ लागिपरेको स्वास्थ्य चौकी प्रमुख अर्यालले दावी गरे ।
समुदायका सबै सेवाग्राहीलाई स्वास्थ्यबारे जानकारी गराई राष्ट्रको मूलप्रवाहमा समाहित गर्दै जनताको घरदैलोमा स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा कठिनाइ महशुस भएको उनले बताए ।
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi