Header Ads

Recently Updated :
Home » » वेवारिसे सुत्केरी महिलाको उपचार

वेवारिसे सुत्केरी महिलाको उपचार

Posted By Krishna parajuli(Ghanashyam) on Friday, July 20, 2012 | 10:27 AM

लोकराज भण्डारी
स्याङ्जा, ३ श्रावण ।
यी हुन् वेवारिसे अवस्थामा करीब एक महिना अगाडी स्याङ्जाको पौवैगौडे नयाँबजारमा भेटिएकी सुत्केरी महिला । ल हेर्नुस त दर्शकबृद्ध यिनको अवस्था काखमा एक महिनाको बालक बोक्दै र साहार खोज्दै कहिले स्याङ्जा र कास्कीका जिल्ला प्रहरी कार्यालय त कहिले जिल्ला प्रशाषन कार्यालय भौतारीरहेकी छन् । सरकार मज्जाले नै भन्द बालअधिकार, महिला अधिकार । ल हेर्नुस कसरी छ । अधिकार, खै कहाँ छ मानव अधिकार । गत जेष्ठ २५ गते यी महिला नयाँबजारमा फेला परिन् र प्रहरीले ल्यायो । प्रहरी कार्यालयमा राखेर सोधपुछ गर्दा यि महिलाले नयाँबजार नजिकै बच्च जन्माएको थाहा भयो र प्रहरी मानसिक सन्तुलन सामान्य नभएको भन्दै जिल्ला अस्पताल स्याङ्जामा रहेर उपचार गरायो । तर उनी अस्पतालबाटै भागिन् र उनले पोखरा घर भएको बताएपछि जिल्ला प्रहरी कार्यालय र महिला तथा बालबालिका कार्यालयको सहयोगमा कास्की प्रहरीलाई बुझाइयो तर उनले फेरी आफ्नो घर स्याङ्जा कोल्मा भएको बताएपछि फेरी प्रहरीले स्याङ्जा ल्यायो र प्रहरी कार्यालय भित्र राख्यो । त्यसपछि हाहिले उनको फलो अप गदै गयौँ र अहिले उनी कोषिस नामको गैरसरकारी संस्थाको संरक्षणमा उपचारको लागी काठमाडै लगीएको छ । उनको विभिन्न सञ्चार माध्याममा समाचार आएपछि केही संस्थाहरु जिल्ला प्रहरीको कार्यालयमा सम्पर्क गरेको र त्यमध्येमा कोषिस नामक संस्थाले जिम्मा दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक शुरेष राज भट्टराईले जानकारी दिए । ..........हामिले सोध्दा उनको घर स्याङ्जा कोल्मा भएको बताईन् । आफुलाई बालकुमारी बताउने उनी घरबाट निकालिएकी हुन् अरे । उनले उनका श्रीमान् नारायण गुरुङ्ले अर्कि महिला विहे गरेपछि उनलाई छोडेको उनको भनाई छ । उनका अरु तिन छोराछोरी पनि भएका उनले बताईन् । जे भएपनि बाटोमा भेटिएकी एक महिला र बालकलाई कोषिस नेपालले लगेर उपचार गर्नेमात्र भनेको छ तर उनलाई कसले जिम्मा लिने कोहि छौन । कोषिस नेपालका मात्रीका देवकोटाले भने सरकारले यस्ता महिला तथा बालबालिकालाई कुने किसिमको काम नगर्ने भएकोले आफुहरु आएको बताए । यसरी हेर्नुस त यो बच्चालाई बिचरा अभागी नत उसको नाम र्नै छ नत थर नत उसको बाबु नै छ । घरमा आमाले दाबी गरेको बाबुले आफ्नो बच्चा नभएको भनेका छन् । तर त्या अबोध बालकलाई के थाहा उसको बाबा को हो भनेर आमाको पनि बोलीको कुनै ठेगान छौन । कहिले के भन्छिन् कहिले के भन्छिन् । यी उपचार गर्न भनि एउटा संस्थाले त लगेको छ तर पनि यि महिला तथा बालक को भविष्य के हुन्छ केहि ठेगान छौन । उनलाई कोषिस संस्थाले उपचार गर्छ तर उनले घरमा पुर्नस्थापना र समाजमा कसरी बस्ने चुनौती थुप्रै छन् । यिनी एउटि पात्र हुन् घरेलु हिंसाको यस्ता घटना कति छन् कति कती बाहिर आउछन् त कत्ति लुगाइन्छ र यिनले भनेझौ यिनलाई भाउजु श्रीमान् र घरपरिवारले नै घरबाट निकाला गरीदियो त्यसपछि पेटमा भएको बच्च लिएर सहरका गल्ली गल्ली धाउने र कसैले दिएको केही आएर बच्चालाई त जन्म दिइन् तर अभागी बालक नत आमाको न्यानो माया पाएको नत बाबाको छ । उनले भविश्यको केही ठेगान छौन । यसमा सकले सोच्ने त । सबै जनताको अविभावक त राज्य हो तर राज्य नै यस्ता कुरमा मौन छ अनि कसले हेर्ने हो यस्ता पात्रहरुलाई । यीनि त एउटा पात्र मात्र हुन् । तर पनि महिला बालबालिका कार्यालय र जिल्ला बाल कल्याण समितीले देखाउनका लागी मात्रै भएपनि पाच पाँच हजार रुपौँया सहयोग गरेका छन् । उनको उपचारमा त हेर्नुस दर्शक बृद्ध सरकारी रकम एउटा नेता, मन्त्रि सभाषद् विरामी भयो भने राज्यको सम्पत्ती खर्च गरेर विदेश उपचार गर्न लगिन्छ तर यहाँ मान्छेहरु मर्न लाग्दा पनि उपचार पाएदैनन् । जिल्ला अस्पताल लगीएकी महिलालाई अस्पतालले उपचार गर्न मानेनरे उसको जिम्मेवार व्याक्ति चाहिन्छ , भनेपछि महिला भागिन् । यस्तै छ । अब यिनी महिलाको अवस्था कस्तो हुन्छ र कसले जिम्मेवारी लिन्छ । जनजनको प्रश्न ? ति सत्तामा बस्ने र चिल्ला गाडी चड्नेहरुलाई ।।
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi