प्रकाश डोटेल
स्याङ्जा-३१, असार ।
जिल्ला विकास समिति स्याङ्जाको आयोजनामा आइतबार 'सूचनाको हक' सम्बन्धी एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । निष्पक्ष र निरन्तर सूचना प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
त्यसअवसरमा स्थानीय विकास अधिकारी नरहरी बरालले सार्वजनिक निकायले गर्ने गतिबिधिका बारेमा जनतासमक्ष स्पष्ट जानकारी पुर्याउनका लागि सञ्चारकर्मीको अहम भुमिका हुने चर्चा गरेका थिए । उनले सञ्चार माध्यामले राजनीतिक भन्दा बिकासमुलक समाचारलाई प्राथमिकता दिनुपर्ने समेत बताएका थिए ।
कार्यक्रममा जिल्ला सरकारी वकिल भरतमणी खनाल ले सञ्चारको वर्तमान अवस्था र कानुनी प्रक्रियाका बारेमा जानकारी गराएका थिए । उनले कतिपय अवस्थामा सार्वजनिक निकायले चाहेर पनि कानुनी मान्यता अनुसार सार्वजनिक गर्न नमिल्ने समेत जानकारी गराएका थिए ।
स्थानीय विकास अधिकारी नरहरी बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शाखा अधिकृत यामप्रसाद रेग्मीले गरेका थिए भने उपसचिव विष्णुप्रसाद रेग्मीले स्वागत गरेका थिए ।
Post a Comment