Header Ads

Recently Updated :
Home » » जिशिकाको बाषिर्क प्रगति समिक्षा

जिशिकाको बाषिर्क प्रगति समिक्षा

Posted By संकल्प on Monday, July 16, 2012 | 9:38 AM

प्रकाश डोटेल
स्याङ्जा-३१, असार ।
जिल्ला शिक्षा कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०६८/०६९ मा कार्यालय मार्फत भएका कामहरुको 'शैक्षिक गतिविधी तथा बाषिर्क प्रगतिको' समिक्षा गरेको छ । समिक्षा कार्यक्रममा ९८ दशमलब आठ प्रतिशत प्रगति भएको बताइएको थियो ।
कार्यक्रममा निमित्त जिल्ला शिक्षा अधिकारी हेमनारायण चापागाँईले विद्यालय क्षेत्र सुधारको पुर्जीगत तर्फ एक लाख ३५ हजार र विद्यालय सुधार क्षेत्रको चालु तर्फ ९३ करोड २२ लाख ९४ हजार तीन सय १३ रुपयाँ निकासी भएकोमा ९२ करोड १३ लाख ४४ हजार सात सय ४४ रुपयाँ खर्च भएको बताएका थिए ।

समिक्षा कार्यक्रममा २०६८/०६९ मा जिल्लामा तीन करोड ३१ लाख ५० हजारको लागतमा नयाँ कक्षाकोठा निर्माणमा ५१ वटा भवन -ब्लक) निर्माण गरिएको छ । चार करोड ८७ लाखको लागतमा विद्यालय भवन, कक्षाकोठा मर्मत, छात्रा सौचालय निर्माण गरिएको छ ।

सोहि अवसरमा शिक्षा कार्यालयका उपसचिव तोयनाथ लम्सालले चालु शैक्षिक सत्रमा दरबन्दी मिलानको कार्य भएको समेत बताएका थिए । उनले प्राथमिक तहमा दरबन्दी बढि भएपनि निम्नमाध्यामिक, माध्यामिक तह र उच्च माध्यामिक विद्यालयमा शिक्षक अभाव भएको जानकारी दिए ।  

कार्यक्रममा नेपाल शिक्षक युनियनका अध्यक्ष मुक्तिप्रसाद रेग्मी, नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगाएका वक्ताहरुले बोलेका थिए । उनीहरुले शिक्षा कार्यालय मार्फत भएका कार्यक्रमहरु सन्तोष जनक रहेको बताएका थिए ।

निमित्त शिक्षा अधिकारी चापागाँईको अध्यक्षतामा भएको कार्यक्रमको पदमराज आचार्यले संचालन र विजयराज बडुले स्वागत गरेका थिए ।
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi