Header Ads

Recently Updated :
Home » » थुमपोखरा गाविस खुला दिशामुक्त घोषणा

थुमपोखरा गाविस खुला दिशामुक्त घोषणा

Posted By संकल्प on Monday, July 16, 2012 | 9:41 AM

श्रीकृष्ण सिग्देल
वालिङ्, ३१, असार
सन् २०१२ को अन्त्य सम्ममा स्याङ्जालाई खुला दिशामुक्त घोषणा गर्ने अभियान अनुरुप जिल्लाका गाविसहरुमा खुल्ला दिशा मुक्त गर्नेको संख्या दिनानुदिन थपिदै जान थालेका छन् । यसै विच थुमपोखरा गाविसलाई शनिवार खुला दिशामुक्त गाविस घोषणा गरिएको छ । गाविसका १ हजार १ सय ५ घरधुरीमध्ये ६ सय १२ घरमा पक्की र ४ सय ९३ घरमा कच्ची शौचालय निर्माण गरिएपछि उक्त गाविसलाई खुला दिशामुक्त गाविस घोषणा गरिएको हो । गाविसलाई एक कार्यक्रमका बीच स्थानीय विकास अधिकारी नरहरी बरालले खुला दिशामुक्त घोषणा गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले मानिसको स्वास्थ्य नै ठुलो धन भएकाले स्वस्थ रहन सरसफाईमा विशेष ध्यान दिनु आवश्यक रहेकोमा जोड दिए । उनले वालिङ नगरपालिकाको सिमानामा रहेर पनि आपसी विवादका कारण विकासमा केही पछाडि रहेको भन्दै यस्ता विवादहरु सुल्झाएर जान गाविस बासीलाई आग्रह गरे । उनले दिशामुक्त गराउनको लागि पानीको महत्वपूर्ण स्थान रहेको भन्दै वडा नं. ६ को दलित बस्तीमा देखिएको विवाद समाधान गरे खानेपानीको लागि जिल्ला विकास समितिले पाईप दिने समेत प्रतिबद्धता व्यक्त गरेका थिए । उनले विभिन्न क्षेत्रबाट प्राप्त भएका रकमको गाविसले सही सदुपयोग गरेकोमा धन्यवाद दिएका थिए ।
यस्तै खानेपानी तथा सरसफाई कार्यक्रमका निर्देशक लोकनाथ रेग्मीले खुला दिशामुक्त घोषणा गरिसकेपछि यसलाई निरन्तरता दिनको लागि यहााका क्लब, महिला समूह, आमा समूह गठन गरेर आफ्नो गाउाठाउामा निरन्तर अनुगमन गर्नु आवश्यक रहेकेामा जोड दिए ।  यस्तै प्रमुख जिल्ला इन्जिनियर अमृत श्रेष्ठ, शशस्त्र प्रहरी नायब उपरिक्षक कमलचन्द्र गैह्रे, कोश तथा लेखा नियन्त्रण कार्यालयका केशवप्रसाद ढकाल, नेपाल रेडक्रस सोसाईटी स्याङ्जाका सभापति चन्द्रमणि पौडेल लगायतले रोगबाट बच्नु नै सुख शान्ति र सम्पूर्णताको प्रतीक भएकाले खुला दिशामुक्त नगरी रोगबाट बच्न सबैलाई आग्रह गरेका थिए । वक्ताहरुले बाच्नका लागि आधारभूत आवश्यकता स्वास्थ्य भएकाले दिशामुक्त घोषणा गर्नुपनि रोग हटाउने प्रमुख माध्यम भएकाले यसको निरन्तरताको लागि ध्यान दिन आग्रह गरेका थिए ।
कार्यक्रममा  एकिकृत नेकपा माओवादीका यज्ञविक्रम पराजुली, नेपाली कांग्रेसका पारेश्वर न्यौपाने, नेकपा एमालेका सूर्य खनाल, लक्ष्मी उच्च माविका शिक्षक हेमप्रसाद गैह्रे, लगायतले बोलेका थिए । लक्ष्मी उच्च माविका शिक्षक सीता गौडेलको स्वाग्ात मन्तव्यसागै सुरु भएकेा कार्यक्रम गाविस सचिव नारायणप्रसाद रेग्मीको सभापतित्व र समाज परिचालिक सीता गैह्रेको सञ्चालनमा सम्पन्न भएको थियो ।  थुमपोखरा गाविस खुला दिशामुक्त घोषणा हुने स्याङ्जाको  ३४ औा गाविस हो ।
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi