Header Ads

Recently Updated :
Home » » स्याङ्जामा दुर्घट्नामा न्यूनीकरण गतबर्षको तुलनामा राजस्व दोव्वर वृद्धि

स्याङ्जामा दुर्घट्नामा न्यूनीकरण गतबर्षको तुलनामा राजस्व दोव्वर वृद्धि

Posted By संकल्प on Monday, July 16, 2012 | 9:41 AM

श्रीकृष्ण सिग्देल
वालिङ्, ३१,असार
जिल्लामा दुर्घट्नामा न्यूनीकरण भएको छ । जसले गर्दा दुर्घट्नामा परी ज्यान गुमाउनेको संख्यामा समेत कमी आएको छ । आर्थिक बर्ष २०६८/०६९ मा जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार ९ हजार ९ सय ५६ सवारी साधनलाई कार्वाही गरेको जनाएको छ । गत बर्षको तुलनामा सवारी कार्वाही संख्यामा समेत कमी आएको छ ।  यो आर्थिक बर्षमा ट्रक १ हजार ८ सय ३१ कार्वाहीमा परेका छन् भने राजस्व २ लाख ६४ हजार ३ सय संकलन भएको छ । बस १ हजार ५ सय ४८ कावाहीमा परेका छन् भने २ लाख ३१ हजार ७ सय राजस्व संकलन भएको छ ।
त्यस्तै जिप, कार, भेन गरी २ हजार १ सय ७६ कावाहीमा परेका छन् भने ३ लाख १ हजार २ सय राजस्व संकलन भएको छ । ट्याक्टर ७ सय १७ कावार्हीमा परेका छन् भने राजस्व १ लाख ३३ हजार २ सय ५० संकलन भएको छ । मोटरसाइकल ३ हजार ६ सय ८४ कार्वाहीमा परेका छन् भने राजस्व ५ लाख ३९ हजार ५० रुपैया संकलन भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख वालबन्धु बस्नेतले जानकारी दिए । जिल्लामा जम्मा जम्मी राजस्व संकलन १४ लाख ७१ हजार ५ सय संकलन भएको बस्नेतको भनाइ छ । गत आर्थिक बर्ष २०६७/०६८ मा जम्मा ७ लाख ९५ हजार ९ सय संकलन भएको थियो । गत बर्षको तुलनामा यो आर्थिक बर्षमा दोव्वर राजस्वमा बृद्धि भएको छ ।
यसै गरी यो आथ्कि बर्षमा दुर्घट्नामा परी १५ जनाले ज्यान गुमाएका छन् भने ७२ जना गम्भीर घाइते भएका थिए र सामान्य घाइते ६२ जना भएका थिए । यो आर्थिक बर्षमा जम्मा ३४ दुर्घट्ना भएका थिए । गत बर्ष २९ जनाले दुर्घट्नामा परी ज्यान गुमाएका थिए । गत बर्षको तुलनामा यो आर्थिक बर्षमा ज्यान गुमाउनेको संख्यामा कमी आएको ट्राफिक प्रमुख बस्नेतले बताए । पछिल्लो समय प्रहरीले अत्याधुनीक मेसिन -ब्रेथलाइजर) प्रयोग गरी मादक पदार्थ सेवन गर्ने चालकलाई कार्वाही गर्न थाले पछी दुर्घट्नामा कमी आएको जिल्ला प्रहरी कार्यालय प्रमुख सुरेशराज भट्टराइले बताए । दुर्घट्ना बढ्नुको बढी कारण मादक पदार्थ रहेछ भन्ने कुरा अहिले पुष्टि भएको छ प्रहरी प्रमुख भट्टराइले भने गत बर्षको तुलनामा यो बर्ष दुर्घट्नामा कमी आएको छ ।
प्रहरीको सक्रियता बढ्नु र ब्रेथलाइजरको प्रयोग हुनुले स्याङ्जामा दुर्घट्नामा कमीका साथै राजस्वमा पनि बृद्धि आएको हो । ब्रेथलाइजर मेसिन प्रयोगको शुरुका दिनमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या बढ्दो रहेको थियो वडा प्रहरी कार्यालय वालिङ्का प्रहरी निरिक्षक प्रदिपकुमार डि.सि.ले भने शुरुका दिनमा भन्दा अहिले मादक पदार्थ सेवन गर्नेको संख्या पनि कमी आएको छ ।
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi