प्रकाश डोटेल
स्याङ्जा-२, साउन ।
नेपाली काँग्रेसका केन्दि्रय सदस्य गोपालमान श्रेष्ठले नेपाल बिदेशीहरुको प्रयोगशाला भएको बताएका छन् । बिदेहशीहरुले आफ्नो स्वार्थ अनुकूल नेपालको राजनीतिलाई परिक्षणका रुपमा प्रयोग गर्ने गरेको सदस्य श्रेष्ठले स्पष्ट पारे ।
स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका-१२, राङ्खोला निवासी प्रतान्त्रका स्वतन्त्र सेनानी स्वर्गीय कृष्णकुमार अधिकारीको स्वर्गारोहण भएको १५ औं दिनेको पुन्यतिथीमा नेपाली काँग्रेस स्याङ्जाले आयोजना गरेको श्रद्धान्जली सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
नेता श्रेष्ठले नेपालका राजनीति दलहरु एक ठाउँमा उभिनुको विकल्प नभएको बताए । उनले नेताहरु एक भएमा नेपाललाई भारत, चीन, अमेरिका वा यूरोपियन युनियनले अब आफु अनुकूल प्रयोग गर्न नसक्ने समेत दाबी गरे । नेताहरु एक भएर शक्ति सन्तुलन मिलाउन सकेमा नेपालको राजनीति स्थिर हुने बिचार व्यक्त गरे ।
पूर्वमन्त्री समेत रहेका नेता श्रेष्ठले वर्तमान सरकारको बर्हिगमन बिना राजनीति सहमति हुन नसक्ने स्पष्ट पार्दै उनले भट्टराई सरकार रहेसम्म कुनै सहमति र सम्झौता नहुने बताए । नेता श्रेष्ठले राष्ट्रपतिले काम चलाउ भनिसकेको सरकारसँग वार्तामा बस्नुको औचित्य समेत नभएको बताए ।
श्रद्धान्जली सभामा बोल्दै नेपाली काँग्रेसका अर्का केन्दि्रय सदस्य डा. मिनेन्द्र रिजालले यहि अवस्थामा कुनै पनि हालतमा संविधानसभाको पूर्नस्थापना हुन सक्ने ठोकुवा गरे । बृहत राजनीति सहमतिमा अन्तरिक संविधानको धारा ३३, ६३ र ६४ को संशोधन गरेर विश्वासिलो सरकार बनाएर निर्वाचनमा जानुको विकल्प नभएको उनले बताए ।
संघियतामा कुनै बिबाद नभएको दाबी गर्दै नेता डा. रिजालले बिबाद त माओवादीले आफ्नो छाप भएको संविधान र अरु दल लोकतान्त्रिक संविधान बनाउने अवस्थामा रहेको हुदाँ संविधानसभा पूर्नस्थापना हुन नसक्ने बताए । नेता डा. रिजालले संविधानसभा पूर्नस्थापना भएपनि सोहि बिबादमा फस्ने बताए ।
संसदबादी दल र माओवादीबीच तत्कालिन अवस्थामा भएको १२ बुँदे सहमति अनुसार माओवादी अगाडी बढ्न नसक्दा समस्या आएको जिकिर गर्दै नेता डा रिजालले उक्त सहमतिमा माओवादीको छाप लागेको संविधान नभएर शान्तिका पक्षमा लोकतान्त्रिक संविधान बनाउने सहमति भएको नभुल्न आग्रह गरे ।
श्रद्धान्जली सभामा नेपाली काँग्रेस स्याङ्जाका पुर्वसभापति श्रीप्रसाद जिटी, स्वतन्त्र सेनानी संघका अध्यक्ष तारापती सुवेदी, महासमिति सदस्यहरु जगतबन्धु अर्याल, शिवकुमार गिरी, तुलसी गिरी, दिपक लम्साल, राजु थापाले स्वर्गीय अधिकारीले नेपाली जनतालाई रैताीबाट नागरिक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
त्यस अवसरमा क्षेत्रीय सभापति केदार काफ्ले, तरुण दलका केन्द्रीय सदस्य गोविन्द रानाभाट, महाधिबेशन प्रतिनिधि प्रेमराज पौडेल, मुन्ना शेख, खगीसरा भण्डारी, देवी अर्याल, लीलबहादुर रणपाल, जिल्ला सदस्य सीमा कर्मचार्य, नगर सभापति वेदप्रसाद दोरङ्गा, नेकपा एमालेका नेता रामबहादुर थापा, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, क्या.हरिशचन्द्र सेन, बृद्धिसागर भण्डारी, ल्या.यामबहादुर गुरुङ्ग, दशरथ अर्याल, लाल बहादुर थापामगर, मखमली श्रेष्ठ, अर्जुनप्रकाश अर्याल, अजित क्षेत्री, किसान गुरुङ्, दुर्गाबहादुर शाह लगायतले श्रद्धान्जली मन्तव्य व्यक्त गरेका थिए ।
श्रद्धान्जली सभामा बोल्ने बक्ताहरुले स्वर्गीय कृष्णकुमार अधिकारीले नेपाली लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको चर्चा गर्दै नेपाली नागरिकहरुलाई शान्ति र संविधान दिन सकेमात्रै उनीप्रति सच्चा श्रद्धान्जली हुने बताए ।
नेपाली काँग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनीको सभापतित्वमा भएको श्रद्धान्जली सभाको संचालन कुमार रानाले गरेका थिए भने स्वागत काँग्रेस स्याङ्जाका सह-सचिव निर्मला लम्सालले गरेकी थिइन् भने धन्यवाद स्वर्गी अधिकारीका भाई विश्वप्रेम अधिकारीले गरेका थिए ।
स्वर्गीय अधिकारीले नेपाली काँग्रेसले विभिन्न समयमा गरेका आन्दोलनमा सहभागिता भएर सशक्त आन्दोलन गरेका थिए । १९९६ चैत्र ४ गते भारतको पटनामा जन्मिएका अधिकारीको २०६९ असार १९ गते बेे्रन ट्युमरका कारणले ७३ वर्षको उमेरमा मृत्यु भएको थियो । स्वर्गीय अधिकारीका एक श्रीमती दुई छोरा र छ छोरी रहेका छन् ।
Post a Comment