Header Ads

Recently Updated :
Home » » पहिरोमा लैनो भैसी मर्‍यो

पहिरोमा लैनो भैसी मर्‍यो

Posted By संकल्प on Thursday, July 26, 2012 | 8:32 AM

प्रकाश डोटेल/स्याङ्जा-१०, साउन
स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका-३, स्थित काफलडाँडामा धन्सार भत्कदा एक व्यक्ति घाइते भएका छन् भने एउटा लैनौ भैसी पुरिएर मरेको छ । धन्सार भत्कदा करिब दुई लाखको क्षति भएको छ ।  
केही दिनदेखि अविरल रुपमा परेको वषर्ाका कारण मंगलबार राति पहिरो खसेर भत्किएको धन्सारमा सुतेका स्थानीय रामबन्धु लम्सालका २० वषर्ीय छोरा गम्भीर घाइते भएका र सोही धन्सारमा बाँधेको भैसी पहिरोले पुरिएर मरेको हो । 
घाइते भेषराज लम्सालको दाहिने खुट्टा भाँचिएको छ । उनको स्याङ्जा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि मेट्रो सिटी अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ ।  
यसैबीच वषर्ाका कारण पुतलीबजार नगरपालिका-५ गोदगोदेमा पर्ने सिद्धार्थ राजमार्गमा बुधबार विहान पहिरो खस्दा करीब दुई घण्टा यातायात अवरुद्ध भएको थियो । स्थानीय प्रशासनको पहलमा नेपाली सेना र प्रहरीको सहयोगले राजमार्ग सुचारु भएको थियो ।
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi