Header Ads

Recently Updated :
Home » » कुटानी पिसानीमा नयाँ मूल्य कायम

कुटानी पिसानीमा नयाँ मूल्य कायम

Posted By संकल्प on Thursday, July 26, 2012 | 8:31 AM

प्रकाश डोटेल / साउन १०, स्याङ्जा
कुटानीपिसानी व्यावसायीहरुको संस्था मिल व्यावसायी संघ स्याङ्जाले जिल्लाभर लागु हुने गरी कुटानी पिसानीमा नयाँ मूल्य कायम गरेको छ । मिल व्यावसायी संघ स्याङ्जाले नयाँ मूल्य बुधबारदेखि लागु हुने गरी कायम गरेको हो ।
नयाँ मूल्य अनुसार बेसार प्रतिपाथी ३० रुपैयाँ, मकै प्रतिपाथी पाँच रुपैयाँ, धानको प्रतिपाथी दुई रुपैयाँ, गहुँ, चामल, कोदोको प्रतिपाथी छ रुपैयाँ, तोरी प्रतिपाथी २० रुपैयाँ र आलस प्रथिपाथी २५ रुपैयाँ कायम गरिएको संघका कोषाध्यक्ष नारायणप्रसाद बगालेले जानकारी दिएका छन् ।
नयाँ मुल्य कायम अघि बेसार २०, तोरी १६, र आलस २० रुपैयधान प्रतिपाथी एक रुपैयाँ ५० पैसा, मकै चार, गहुँ, चामल र कोदो पाँच रुपैयाँ थियो । दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएकाले कुटानी पिसानीको नयाँ मूल्य कायम गरिएको व्यावसायी संघका अध्यक्ष ताराप्रसाद श्रेष्ठले बताए ।
निर्धारित मूल्यभन्दा बढि लिएको पाइएमा जिल्ला प्रशासन कार्यालयको सहयोगमा एक पटकमा पाँच सय रुपैयाँ जरिवाना गरिने व्यवस्था गरिइको अध्यक्ष श्रेष्ठले बताए । व्यावसायीले निर्धारित रकमभन्दा बढि लिइएमा संघलाई जानकारी गराउन समेत संघले उपभोक्तासँग आग्रह गरेको छ ।
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi