Header Ads

Recently Updated :
Home » » सहयोगको लागी सास्कृतीक कार्यक्रम

सहयोगको लागी सास्कृतीक कार्यक्रम

Posted By Krishna parajuli(Ghanashyam) on Wednesday, July 25, 2012 | 9:53 AM

लोकराज भण्डारी 
स्याङ्जा, १० श्रावण 

असाहाय तथा दृष्ट्रिबिहिन संरक्षण केन्द्र नयाँगाउँ पोखराले आज स्याङ्जामा सास्कृतीक कार्यक्रम गरेको छ । स्याङ्जा अपांग समाजको समन्वयमा अपांग तथा दृष्ट्रिविहिनहरुको सहयोगको लागी कार्यक्रमको आयोजना गरीएको केन्द्रले जनाएको छ । केन्द्रले संस्थामा रहेका २८ जना दृष्ट्रिविहिनहरुको पालन पोषण तथा शिक्षा, स्वास्थ्यको लागी विभिन्न ठाँउमा सास्कृतीक कार्यक्रम गर्दै संस्थाका अध्यक्ष ओकिल मिया अंसारीले जानकारी दिनुभयो । स्याङ्जाको प्रगतीनगर र सहिद चोकमा संस्थाले कार्यक्रम गरेको र संस्थाको विकासको लागी आफुहरुले पनि सहयोग गरीरहेको स्याङ्जा अपांग समाजका अध्यक्ष युवराज पराजुलीले बताउनुभयो । दृष्ट्रिविहिनहरुको सास्कृतिक कार्यक्रम हेर्नका लागी दर्शकहरुको भिड लागेको थियो ।
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi