प्रकाश डोटेल
स्याङ्जा-८, साउन ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जिल्लाका विभिन्न भागमा छापा मारेर बरामद गरेको म्याद गुज्रेका र अबैध रुपमा उत्पादन गरिएको करिब ६० हजार मुल्य बराबरको मदिरा नष्ट गरेको छ । कार्यालय परिसरमै मदिरा नष्ट गरिएको हो ।
नष्ट गरिएकोमा घरेलु मदिरा बनाउने कच्चा पदार्थ १७ ड्रम, घरेलु मदिरा आठ सय ५० लिटर, म्याद गुज्रेका म्यागडोल २० क्वाटर, सिग्नेचर २ क्वाटर, बटारे ८२ थान, क्यान मिनी क्वाटर २२ थान, बियर ७ थान रहेका थिए ।
स्याङ्जाको सेतीदोभान गाविस वडा नं.२, ३ र ५ र फापरथुम गाविसको वडा नं. ४ का बजार क्षेत्रबाट प्रहरीले विभिन्न समयमा छापा मारेर उक्त मदिरा बरामद गरेको थियो । घरेलु मदिरा उत्पादन नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले विशेष सक्रियाता देखाएको छ ।
Post a Comment