Header Ads

Recently Updated :
Home » » स्याङजा सहयोग समाज यु.ए.ई द्घारा आर्थिक सहयोग

स्याङजा सहयोग समाज यु.ए.ई द्घारा आर्थिक सहयोग

Posted By Krishna parajuli(Ghanashyam) on Wednesday, July 11, 2012 | 12:17 PM

राजु पाण्डे, दुवई - गत शुक्रवार ६ जुलाईका दिन स्याङजा सहयोग समाज यु.ए.ईले अबुधावीमा केन्द्रिय तथा क्षेत्रिय कमिटिको वैठक बसि समाजका अध्यक्ष भुपति न्यौपानेको हातबाट स्याङजाबासी सोभित बहादुर थापालाई रु. ३५००० हजार हस्तारन्तरण गरिएको हो ।

सोभित वहादुर थापा स्याङजा सहयोग समाज अवुधावी क्षेत्रिय 
कमिटिका अध्यक्ष रहेको र समाजमा उनले उल्लेखनिय काम गर्दै आएका छन् । उनको श्रीमती तथा २ वटा छोरा र १ छोरी छन् । अहिले उनको श्रीमती गौरावहादुर थापा विरामी भएको र सुरुका दिनमा स्याङजा हस्पिटलमा उपचार गर्दा पनि केहि नभए पछि  पोखराको चरक हस्पिटलमा भर्ना गरिएको छ तर पनि पैसाको अभावले उपचार गर्न नसकेको र अहिलेको अवस्थामा हस्पिटलले क्यान्सर भएको पुष्टि गरेको छ ।


लामो समय सम्म उपचार गराउँदा निको नभएर अझै झन् ठुलो रोग क्यान्सर लाग्दा उहाँलाई पिडा भन्दा पिडा थपिदै गएको छ । घरको आर्थिक स्थिती पनि सामान्य रहेको र आफ्नो वुबा आमा तथा भाईहरु संग अलग भएर वसेका सोभित वहादुर थापाले यहाँबाट कमाएको पैसाले उपचार गराइरहेका र हाल आएर कमाएको पैसाले पनि औषधि उपचार गर्न कम परेको खवर उहाँका साथी भाइहरुबाट स्याङजा सहयोग समाज यु.ए.ईमा अपिल गरिएको थियो ।


यस्तो दयनिय अवस्थामा भगवानले पनि जो होचो उसको मुखमा घोचो भने 
झै १५ दिन अगाडी ठुलो छोराको हात भाँचिएर अपरेसन गर्नुपरेको र त्यस्तो अवस्थामा पनि घर जान मन हुँदा हुँदै पनि दुवईमा काम गरिरहनु परेको वाध्यात्मक परिस्थितीको वारेमा जानकारि गराएका थिए ।

सोभित वहादुर थापाको घर पुतली वजार ६ स्याङजा वजार हो । उनले अझै पनि स्याङजा सहयोग समाजलाई दुवईमा वा नेपालमा कसरी चिनाउन सकिन्छ भनेर लागि रहनु भएको छ । सम्पुर्ण नेपाली दाजु भाई दिदीवहिनीहरुमा सहयोगको लागि अपिल गर्नु भएको छ । सम्पर्क न. ०५५७२८७८८९
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi