राज्य नियन्त्रित सार्वजनिक यातायात कम्पनी मोवासलातले निर्दिष्ट गरेका गुणस्तर तथा भाडादर अवलम्बन गर्दै ‘अल मिलियन ग्रुप’ले शुरु गरेका नयाँ ट्याक्सीहरू कार्वा ट्याक्सीभन्दा केहि पृथक देखिन्छन् । यी नयाँ ट्याक्सीका छत कलेजी रंगका रहेका छन् भने कार्वाका साथै ‘अल मिलियन’को पहिचान मिल्ने गरी नामको पेन्टिङ पनि यी कारहरूमा गरिएको छ । मोवासलातका ट्याक्सी तथा लिमोजिन सेवा निर्देशक अली बेहजादले ब्यानर अनावरण गरी यो ट्याक्सी सेवाको उद्घाटन गरे । इन्टरकन्टिनेन्टल होटलमा आयोजित उद्घाटन समारोहमा अल मिलियन सर्भिसेज ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनी ९एमएसटिसी०का प्रवन्ध निर्देशक अब्देल कादिर मोइदिन, एमएसटिसीका स्पोन्सर तथा पार्टनर अब्दुल्हा साद अल महमुद, भारतीय कार्यवाहक राजदुत एम आर कुरेशीका साथै अन्य बरिष्ठ अतिथिहरूले पनि सहभागिता जनाएका थिए ।
यो ट्याक्सी सेवाका लागि ‘अल मिलियन ग्रुप’ले २४ सं घण्टा जारी रहने कल सेन्टर र स्वचालित डिस्प्याच सिस्टमको पनि विकास गरेको छ । यो सेवाका लागि जिपिएस÷जिपिआरएस प्रविधि पनि अवलम्बन गरिएको छ । ‘अल मिलियन ग्रुप’ले भोडाफोनसंग मिलेर एसएमएस कल सेन्टर सेवा पनि प्रदान गरेको छ ।
शुल्क नलाग्ने नम्बर ८००५५०० मा फोन गरी ट्याक्सी भाडामा लिन सकिनेछ । सो फोन गर्ने वित्तिकै कल सेन्टरबाट विवरण टिपिने र जिपिएस÷जिपिआरएस प्रविधिबाट नजिकको ट्याक्सी पत्ता लगाई टयाक्सी आइपुग्ने समय र चालकको विवरणवारेको एसएमएस २–३ मिनेट भित्रैमा पठाइने ‘अल मिलियन ग्रुप’ले जनाएको छ । ‘अल मिलियन ग्रुप’का प्रोजेक्ट्स एण्ड अपरेशन मेनेजर एम सि सेट्टीले जनाए अनुसार यो ट्याक्सी सेवाका लागि धेरैमा १५ मिनेटभन्दा बढि प्रतिक्षा गर्नुपर्ने अवस्था नरहोस् भनेर विशेष ब्यवस्था मिलाइएको छ । कारमा केहि समान छुटेको भए पनि जिपिएस÷जिपिआरएस प्रविधिबाट तत्काल पत्ता लगाउन सकिने उनले बताए ।
दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अन्यत्र कतारका हरेक स्थानमा सेवाको अनुमति पाएको अली वेहजादले बताए । मोवासलातले विशेष अनुमतिका आधारमा नीजि कम्पनीहरूलाई ट्याक्सी सेवा शुरु गर्न दिने निर्णय लिएपछि सार्वजनिक टेण्डर जित्ने पहिलो कम्पनी अल मिलियन बनेको छ । अन्य २ कम्पनीहरूलाई पनि ट्याक्सी सेवाका लागि ५ बर्षको अनुमति दिइएको छ । उनीहरूले पनि यहि बर्षभित्रमा ट्याक्सी सेवा शुरु गर्ने अपेक्षा गरिएको छ ।
Post a Comment