Header Ads

Recently Updated :
Home » » गुडिया बनाउने तालिम सम्पन्न

गुडिया बनाउने तालिम सम्पन्न

Posted By संकल्प on Thursday, July 12, 2012 | 9:50 AM

प्रकाश डोटेल
स्याङ्जा-२७, असार ।
समुन्नति तर्फका पाइलाहरु, पुतलीबजार-१, स्याङ्जाको आयोजनामा सात दिने गुडिया बनाउने तालिम सम्पन्न भएको छ ।
त्ालिम समापनमा बोल्दै प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलले तालिममा सिकेका सीप तथा ज्ञानहरुलाई व्यहारमा उतारी आफ्नो आर्थिक जीवनस्तरमा सुधार ल्याउन सके मात्र तालिमको औचित्य रहने बताए ।

त्यस अवसरमा स्थानीय विकास अधिकारी नरहरी बरालले महिलाहरुको शसक्तिकरण र सीप विकासको लागि यस संस्थाले गरेको कामको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि आफूले सक्दो सहयोग गर्ने बताए ।

समापन कार्यक्रममा वीरभद्रजङ्ग गुल्मका गुल्मपति रामहरि के.सी. स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका सहसचिव हिक्मत श्रेष्ठ, नेकपा एमाले उपसचिव सुधिर पौडेल, नेपाली कााग्रेसका क्षेत्रीय उपसभापति तारा मल्ल, महिला अधिकारकर्मी एवं समाजसेवी मखमली श्रेष्ठ, सिमा कर्माचार्य, प्रमीला श्रेष्ठ, दुर्गा लम्साल लगायतले बोलेका थिए ।

समुन्नति तर्फका पाइलाहरु स्याङ्जाका अध्यक्ष नन्दकुमारी लम्स्ाालको सभापतित्वमा सम्पन्न उक्त समापन कार्यक्रमको सञ्चालन उद्योग वाणिज्य संघ, स्याङ्जा कार्यकारी अधिकृत फणिन्द्रप्रसाद पौडेलले गरेका थिए । उक्त तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको थियो ।
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi