प्रकाश डोटेल
स्याङ्जा-२४, असार ।
जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको आयोजनामा एक गाउँ एक उत्पादन कार्यक्रम प्रभावकारी बनाउने उद्देश्यले अवलोकन भ्रमण आएको म्याग्दी उद्योगा वाणिज्य संघको टोलीलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत म्याग्दीमा टिमुर र स्याङ्जामा सञ्चालन गरिएको कफी खेतीको बारेमा बिबिध छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दीपक लम्सालले स्याङ्जामा लगाइएको कफी खेतीको बारेमा जानकारी दिँदै स्याङ्जालाई कफी खेतीका लागि नेपालमै नमुना जिल्ला बनाउने प्रयास भइरहेको जानकारी दिए । लम्सालले जिल्लामा स्याङ्जा उद्योग वाणिज्य संघ र वालिङ् उद्योग वाणिज्य संघ मिलेर कफी खेती बिस्तार बिकास गर्ने प्रयास भइरहेको समेत जानकारी दिए ।
त्यसअवसरमा लम्सालले कफी खेतीका क्षेत्रमा काम गर्ने संघ संस्था, उद्योग वाणिज्य संघ, जिल्ला कृषि विकास कार्यालय र कृषक लगायत सबैले मेहनत गरेर कफी खेती तर्फ लाग्दा समेत माग अनुसार को पुर्ति गर्न नसेको बताए । उनले कफीको बजार माग अनुसार पुर्ति गर्न सक्नेहो भने मात्र स्याङ्जाका कृषकहरुको उद्देश्य पूरा हुने बिश्वास ब्यक्त गरे ।
त्यसैबीच कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कुविर कुमार श्रेष्ठ, बेलबहादुर बटवाल, दीलीप पुन, धनपति च्वाँई, ठाकुरप्रसाद शर्मा, बाबुराम आचार्य, लोकनाथ रेग्मी, उद्योग वाणिज्य संघ स्याङ.्जाका सहसचिब हिक्मत श्रेष्ठ लगायतले बोलेका थिए ।
उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिब नन्दाकुमारी लम्साल निर्मलाले गरेकी थिइन् ।

Post a Comment