Header Ads

Recently Updated :
Home » » अवैध काम नगर्न कतार सरकारको सचेतना - दुई मुठी भाङले ३ वर्ष कैद, ४९ लाख जरिवाना

अवैध काम नगर्न कतार सरकारको सचेतना - दुई मुठी भाङले ३ वर्ष कैद, ४९ लाख जरिवाना

Posted By Krishna parajuli(Ghanashyam) on Wednesday, July 11, 2012 | 12:42 AM

दोहा (कतार)-कतारको आन्तरिक मामिला मन्त्रालयले कतारको कानुनी परिधिभित्र रहेर मात्र आफ्ना कार्य गर्न विदेशी नागरिकहरूलाई अनुरोध गरेको छ । मन्त्रालयअन्तर्गत जनसम्पर्क विभागद्वारा अत्यन्त जरुरी भनेर जारी सूचनामा देशको आन्तरिक मामिलामा दख्खल पुग्ने कुनै काम नगर्न भनिएको छ । विभागले कुनै पनि प्रकारको सुर्तीजन्य बस्तु, नशालु पदार्थको खरिदबिक्री नगर्न/नगराउन आग्रह गरेको छ । साथै कुनै प्रकारको जुवा खेलाउन प्रतिबन्ध र लंगुरबुर्जा, गुट्खा, तमाखु, जाँडरक्सी कार्य तथा बेचबिखन अवैधानिक भएको जनाएको छ । 



दुई मुठी भाङले ३ वर्ष कैद, ४९ लाख जरिवाना


दोहा (कतार), असार २७ - छुट्टीमा घर गएर कतार फर्किएका एक नेपालीले दुई मुठी भाङ ल्याउँदा २ लाख ५ हजार रियाल (करिब ४९ लाख रुपैयाँ) जरिवाना र ३ वर्ष कैद सजाय भोग्नुपर्ने भएको छ । कतारमा भाङलाई लागू पदार्थका रूपमा लिइन्छ ।
बागलुङको ग्वालीचौर-६, ठूलाखेतका ४८ वर्षीय लोकबहादुर जिसीलाई कतारको एक अदालतले यो सजाय तोकेको हो । करिब साढे एक महिनादेखि उनले यो मुद्दाको तारिख खेपिरहेका छन् । आममाफीका रूपमा मुद्दा सल्टाउन उनी कहिले नेपाली दूतावास, कहिले संघसंस्था, कहिले वकिल त कहिले अदालत धाइरहेका छन् ।
जिसी घर गएर गत पुस ११ गते कतार फकिर्ंदा ह्यान्ड ब्याग र लगेज सुरक्षा जाँचका क्रममा दोहा विमानस्थलको एक्सरे मेसिनले शंकास्पद बस्तु देखिएपछि समातिएका थिए । उनले गाउँबाट बुहारीले छोरा (जिसीका भतिज) लाई खाजा स्वरूप पठाएको भाङसहितको पार्सल ल्याउँदा आफू विमानस्थलमा समातिएको र त्यसपछि मुद्दा खेपिरहेको बताए ।
'पार्सलमा के/के छ भन्ने मलाई थाहा भएन, एयरपोर्टमा पक्रेर लगेपछि पो भाङ भन्ने थाहा पाएँ,' ७ वर्षदेखि कतारमा चालकका रूपमा कार्यरत उनले कान्तिपुरलाई भने, 'मैले थाहा पाएको भए ल्याउने नै थिइनँ । अहिले समस्यामा परेको छु ।' उनले ल्याएको पार्सलमा भाङको दाना २ मुठी, भटमास २ माना, ३ मुठीजति चामल र मह भएको बताए ।    
जिसीका अनुसार उनी विमानस्थलमा पक्राउ परेपछि दुई दिन लागूऔषध नियन्त्रण शाखामा थुनिएर एक हजार रियाल -२४ हजार रुपैयाँ) तिरेर छुटे । थुनामा परेको तीन महिनापछि जेठ १८ मा दोहाको अलसादस्थित प्रारम्भिक अदालत फस्र्ट इन्स्ट्यान्ट कोर्टले २ लाख रियाल दण्ड र ३ वर्षको जेल सजाय सुनाएको थियो । धरौटीमा छुटेका उनी काम गर्दै मुद्दा लडिरहेका छन् ।
उनले दूतावासमा देखाएको कागजातअनुसार अदालतको फैसलामा ह्यासिस -गाँजा/चरेस) ल्याएको उल्लेख छ । भाङ ल्याएका अन्य नेपाली पनि ह्यासिस मुद्दामा छन् । नेपाली दूतावासले भाङ मुद्दामा नेपालीहरू पर्ने गरेको गुनासो आउने गरिरहेकाले काठमाडौं विमानस्थलमै रोकिदिन परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ ।


अदालत जानुअघि उनले भाङ लागूपदार्थ नभएर खाद्य पदार्थको रूपमा प्रयोग गरिने भएकाले आममाफीको सजायका लागि पहल गरिदिन नेपाली दूतावास, कतारमा निवदेन दिएका छन् । 'दूतावासलाई निवेदन दिएर जिल्लाबाट प्रजिअ र खाद्य कार्यालयबाट भाङ लागूपदार्थ होइन भन्ने पत्र मगाउँदै छु,' एक चाङ फाइलसहित आइतबार दूतावास पुगेका जिसीले भने, 'सजाय माफी हुन्छ कि भन्ने आशामा छु, नत्र त यत्रो जरिवाना तिर्न मलाई ९/१० वर्ष जेल बस्नुपर्छ ।'
दूतावासले उनको निवेदन परराष्ट्र मन्त्रालयमा पठाएको र जवाफमा जिल्ला प्रशासन कार्यालय, बागलुङबाट भाङ अचार, छोप तथा धार्मिक कार्यमा प्रयोग हुने भनेर लेखेको पत्र मन्त्रालयमार्फत आइतबार आइपुगेको जनाएको छ । नेपालमा अचार, चटनी तथा भुटेको गहुँ र चामलको खट्टेसँग मिसाएर खान प्रयोग हुने भाङ खाडीका मुलुकहरूमा प्रतिबन्ध छ । दस वर्षदेखि कतारमा कार्यरत प्यूठान, रजबाराका ४० वर्षे वीरबहादुर शाही पनि अहिले यस्तै समस्या खेपिरहेका छन् । उनले पनि आफन्तले पार्सलका रूपमा पठाएको करिब ४ मुठी भाङ ल्याएका थिए । दोहा विमानस्थलबाटै पक्राउ परेका शाही साढे ३ महिना जेल बसेर ५ हजार रियाल -करिब १ लाख २० हजार रुपैयाँ) धरौटीमा छुटेर तारिख खेपिरहेका छन् । उनको मुद्दाको फैसला असोज ३० मा हुँदैछ । उनले थाहा नपाएर भाङ ल्याउने अरू पनि फसेको जानकारी दिँदै नेपालबाटै ल्याउन रोक्नुपर्ने बताए । दूतावासले पटक-पटक यस्तो समस्या आएकाले भाङलगायत सुर्तीजन्य पदार्थ, गाँजा, भाङ, धतुरो, खैनी, मर्चा, जाँड, रक्सी, बियर, अश्लील पत्रपत्रिका, सिडी, लंगुरबुर्जा एयरपोर्टमै रोक्न परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको जनाएको छ । 'समस्या दाहोरिइरहेपछि मन्त्रालयमा पत्राचार गरेका छौं,' द्वितीय सचिव जयबहादुर राईले भने, 'तैपनि अझै एयरपोर्टबाट त्यस्ता सामान ल्याउने क्रम रोकिएको छैन ।'
कतारको आन्तरिक मामिला मन्त्रालयले कतारको कानुनी परिधिभित्र रहेर मात्र आफ्ना कार्य गर्न विदेशी नागरिकहरूलाई अनुरोध गरेको छ । मन्त्रालयअन्तर्गत जनसम्पर्क विभागद्वारा अत्यन्त जरुरी भनेर जारी सूचनामा देशको आन्तरिक मामिलामा दख्खल पुग्ने कुनै काम नगर्न भनिएको छ । विभागले कुनै पनि प्रकारको सुर्तीजन्य बस्तु, नशालु पदार्थको खरिदबिक्री नगर्न/नगराउन आग्रह गरेको छ । साथै कुनै प्रकारको जुवा खेलाउन प्रतिबन्ध र लंगुरबुर्जा, गुट्खा, तमाखु, जाँडरक्सी कार्य तथा बेचबिखन अवैधानिक भएको जनाएको छ ।
म साउदी अरबमा पनि ५ वर्ष बसेको छु । कतारमा ७ वर्ष पूरा भइसक्यो । घर गएर कतार आएको यो दोस्रो छुट्टी हो । मलाई यहाँ भाङ ल्याउनु हुँदैन भन्ने थाहा थियो । तर मैले पार्सलमा के छ भन्ने नसोधी ल्याएँ र अहिले ठूलो समस्या पर्‍यो । घरमा उनीहरूलाई पनि थाहा भएन, अब आएर के भन्ने ? यसरी थाहै नपाई भाङ ल्याउने अरू पनि छन् । कम्तीमा नेपालबाट के ल्याउन हुन्छ, के हुँदैन भनेर थाहा दिए यस्तो समस्या हुने थिएन । हाम्रो देशको एयरपोर्टमा बाहिर के लैजान पाइन्छ, के लान पाइँदैन भनेर राम्ररी चेक गर्नुपर्छ । मलाई उही एयरपोर्टमै रोकिदिएको भए यसरी फस्नुपर्ने थिएन ।
भाङको मुद्दा खेपिरहेका लोकबहादुर जिसी कतारको दोहास्थित नेपाली दूतावासमा । तस्बिर: दिनेश/कान्तिपुर


सहयोग :-  ईकान्तिपुर  , राजधानी साप्ताहिक

Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi