आशाको त्यान्द्रो मा झुण्डिएको छु ।
सहारा मलाई नमानि देऊ ।।
आफै भित्र हराएको छुम ।
खोज्ने असफल प्रयास बगरि देऊ ।।
रुदै बाच्न मन पर्छ मलाई ।
हसाउने असफल प्रयास नगरि देऊ ।।
त। आत्माघायल भए पनि ।
पिडामा पनि हास्ने छु ।।
जिवनको अन्तिम सम्म पनि ।
साथिको लागि बाच्ने छु ।।
समुद्रको गहिराइमा डुबेर पनि ।
प्यासि मनको तिर्खा मेट्न सकिन ।।
जिन्दगिको बाजि राखि चाहेरपनि ।
तिमिलाई पाउन सकिन ।।
भुल्न त सक्दिन त्यो अतितलाई ।
तर सम्झि सकिन रुनलाई ।।
खोई कसल्लाई पो दोस दिऊँ ।
भाग्य ,समय, मौनता या आफैलाई ।।
परदेशमा अन्यौलको जिन्दगी बाचिरहेको छु ।
विवस्ताको हासो हासिरहेको छु ।।
टेक बहादुर नेपाली
ओरष्टे ६, स्याङ्जा – हाल दोहा कतार
Post a Comment