Header Ads

Recently Updated :
Home » » काँग्रेस नेताको दबाबमा परिक्षा केन्द्र

काँग्रेस नेताको दबाबमा परिक्षा केन्द्र

Posted By संकल्प on Monday, July 30, 2012 | 9:35 AM


प्रकाश डोटेल
स्याङ्जा-१४, साउन ।

नेपाली काँग्रेसका केन्दि्रय सदस्य तथा पूर्व मन्त्री गोपालमान श्रेष्ठको दबाबमा स्याङ्जा सदरमुकाम स्थित काजीमान हरीटिका र त्रिभुवन आदर्श उच्च माध्यामिक विद्यालयलाई साउन १७ गतेदेखि संचालन हुने एसएलसी पुरक परिक्षा केन्द्र तोकिएको छ ।
शैक्षिक सत्र २०६८ को एसएलसी परिक्षामा दुबै विद्यालयको नतिजा शुन्यप्राय रहेको थियो । कम विद्यार्थी उर्त्तिण हुदाँ उच्च मावि संचालनमा बाधा आउने भएपछि काजीमान हरीटिका उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नेता श्रेष्ठले फोन मार्फत दबाब दिएको बताइएको छ ।  
नेता श्रेष्ठले विद्यालयलाई परिक्षा केन्द्र बनाउन प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेल र जिल्ला शिक्षा अधिकारी संगिता रेग्मीलाई फोन मार्फत दबाब दिएका हुन् । श्रोतले भन्यो, सामुदायिक विद्यालयलाई परिक्षा केन्द्र बनाउँदा सहज हुने भन्दै नेता श्रेष्ठले दबाब दिएका थिए । 
नेता श्रेष्ठको दबाब आएकै हो ? भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलले धेरैबाट अनुरोध आएको थियो अनुरोधलाई दबाब भनेर नबुझ आग्रह गरे । प्रजिअ खरेलका अनुसार सुरक्षाका दृष्टिले उक्त विद्यालयहरु परिक्षा केन्द्रका लागि उपयुक्त रहेका छन् ।
बिगतका वर्षहरुका पुरक परिक्षामा संस्थागत विद्यालयलाई आधा भाग दिने गरिएको थियो । सदरमुकामको एक संस्थागत विद्यालयका शिक्षकले भने, एसएलसी परिक्षामा सामुदायिक विद्यालयमा भौतिक संरचना अभाव हुने भन्दै संस्थागत विद्यालयको अधिक प्रयोग हुने गरेको छ । उनले थपे, शिक्षा अधिकारी र संस्थागत विद्यालयका बीचमा विवाद सृजना भएको छ ।
त्यसैबीच आइतबार बसेको जिल्ला शिक्षा समन्वय समितिको बैठकले परिक्षा केन्द्र र केन्द्राध्यक्ष तोकेको छ । चार सामुदायिक र एक संस्थागत विद्यालय परिक्षा केन्द्र तोकिएको जिल्ला शक्षिा कार्यालयले जानकारी दिएको छ । 
जिल्ला सदरमुकामको त्रिभुवन आर्दश उच्च माविमा दीर्धनारायण शर्मा, र काजीमान हरीटिका उच्च माविमा भीमप्रसाद शर्मा, वालिङ् क्षेत्रमा रहेको रणबीर उच्च माविमा लक्ष्मीप्रसाद रेग्मी, पूर्णमृत भावनी उच्च माविमा चिरञ्जीवि लम्साल र नेपाल आदर्श उच्च माविमा एलबी ज्वारचनलाई केन्द्र र केन्द्राध्यक्ष तोको हो ।
केन्द्राध्यक्ष चयन गर्दा समेत दलिय भागबण्डा गरिएको छ । भागबण्डा गरिए अनुसार काँग्रेसबाट दीर्धनारायण शर्मा, रेग्मी, एमालेबाट भीमप्रसाद शर्मा र ज्वारचन, एकीकृत नेकपा माओवादीबाट लम्साल केन्द्राध्यक्ष भएका हुन् । केहि दिनदेखि उनीहरु केन्द्राध्यक्ष हुने निश्चि भएको  खबर बाहिर आएको थियाो । 

Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi