प्रकाश डोटेल
स्याङ्जा-२४, असार ।
एकीकृत नेकपा माओवादीबाट बिभाजन भएको बैद्य नेतृत्वको नेकपा-माओवादी स्याङ्जा जिल्ला कमिटिको कार्य विभाजन गरिएको छ ।
स्याङ्जाको जिल्ला ईन्चार्जमा केशवराज कुँवर 'सिर्जनशिल' र सचिवमा सुरज गैह्रे 'पारस' लाई जिम्मेवारी दिएको छ । तमुवान राज्य समितिको असार २०, २१ र २२ गते पोखरामा भएको भेलाले राज्य समिति अन्र्तगत स्याङ्जा सहिर्ते ८ जिल्लामा कार्य बिभाजन गरेको थियो ।
जिल्ला कमिटिलाई पुर्णता दिने तयारी भएको छ । जिल्ला सचिव गैह्रे भने, 'पार्टीको संगठनलाई मजबुद र क्रियाशिल बनाउका लागि आगामी साउन ५ गते जिल्ला स्तरीय कार्यकर्ता भेला गरिने छ ।'
स्याङ्जामा एकीकृत नेकपा माओवादी तुलनामा कमजोर आकलन गरिएको बैद्य समुहले संगठन बिस्तारलाई तिव्रता दिने भएको छ । नेकपा-माओवादीका अनुसार एकीकृत नेकपा माओवादीमा रहेका केही नेताहरु बैद्य समुहमा आउने तयारी गरेका छन् ।
Post a Comment