लोकराज भण्डारी
स्याङ्जा, २५ असार ।
समयमा किसानले रसायनिक मल नपाएको भन्दै स्याङ्जका किसानहरु आन्दोलित् भएका छन् । उनिहरुले आज जिल्ला प्रशासन अगाडी एक घण्टा धर्ना दिएका छन् ।संयुक्त किसान आन्दोलन समन्वय समिति स्याङ्जाले आज सरकारको विरुद्धमा नाराबाजी गर्दै ¥याली सहित स्याङ्जा बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, माओबादी, लगाएतका विभिन्न किसान संघ संगठनले आज नाराबाजी गर्दै धर्ना दिएका हुन् । खेतीको मुख्य सिजनमा मलको अभाव खेप्नु सरकारको गैर जिम्मेवारी र निकम्बापन भएको उनिहरुले आरोप लगाए । उनिहरुले किसान खेतीको समयमा निर्धक्कसाथ खेतीमा लाग्नुको सट्टा मलको खोजीमा भौतारीदा सरकारले बेवास्ता गरेको बताएका छन् । धर्नामा नेपाली कांग्रेसका जिल्ला सभापति कमल पंगेनी, अखिल नेपाल किसान महासंघ स्थायि सदस्य ढाकाराम अर्याल, केन्द्रिय सदस्य राम बहादुर थापा, नेपाल किसान संघका सभापती दशरथ शर्मा, अखिल नेपाल किसान महासंघ का रमणी डुम्रे, दिपक पोख्रल लगाएतले अनुदानको मल ब्यापारिबाट दोब्बर मुल्यमा बिक्री बितरण गर्दा नियन्त्रण र अनुगमनमा सरकारले लाचारीपन देखाएको बताएका थिए । उनिहरुले किसानहरुको माग पुरा नगर्ने सरकारले तत्काल राजीनामा दिनुपर्ने बताएका थिए । यसअघि मल अभाव भएको भन्दै असार २२ गते प्रमुख जिल्ला अधिकारी माफत् प्रधानमन्लिाई ज्ञापन पत्र पठाएका थिए । स्याङ्जमा समयमा पानी नपार्नाले मलको अभावले जम्मा २० प्रतिशत मात्र रोपाइ सकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । स्याङ्जाको मुख्य बाली धान खेती भएपनि जिल्लमा १८ हजार ३ सय ८ हेक्टर क्षेत्रफलामा धान खेती गरीने र यो बर्ष करीब ६१ हजार टन धान उत्पादन हुने अनुमान गरीएको कार्यालयले जनाएको छ ।

Post a Comment