लोकराज भण्डारी
स्याङ्जा, २३ असार ।
स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समन्वय समन्वय समिति, स्याङ्जाको प्रथम साधारण सभा ६ बुँदे घोषणा पत्र जारी गर्द ैहिजो सम्पन्न भएको छ । सम्पन्न साधारण सभाले ३ बर्ष भित्रमा समितिले स्थापना गरेको अक्षयकोष रकममा थप गरि ५० लाख पुराउने, अन्य विभिन्न २० वटा देशमा शाखा स्थापना गर्ने, स्थानीय संचारमाध्यम सँग समन्वय गरि श्रममा जानेका लागि सचेतना अभियान गर्ने र प्रवासी अनुभव आदान प्रदान कार्यक्रम गर्ने, शिक्षा स्वास्थ्य पर्यटन र यातायातका क्षेत्रमा योजना संचालन गर्ने, अस्पतालमा सुधार सहयोग कार्यक्रम लगायतका बुँदा रहेका छन् । साथै साधारण सभाले पुनः अनन्तकुमार श्रेष्ठको अध्यक्षतामा १ सदस्य पछि थप गर्ने गरि ९ सदस्य संचालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कमल प्रसाद न्यौपाने, सचिवमा मेघ प्रनेश, कोषाध्यक्षमा हरि अर्याल रहनुभएको छ । त्यस्तै समतिकिा सदस्यहरुमा प्रकाश श्रेष्ठ, दिलबहादुर रानाभाट, अम्बिका सापकोटा र कमलराज रेग्मी रहनुभएको छ । सभाले विदेश संयोजकमा योगेन्दमान श्रेष्ठ र सल्लाहकारमा प्रेम नारायण अर्याल, ओमप्रकाश शर्मा र दिर्घनारायण अर्याललाई चयन गरेको छ ।
साधारणसभामा गैरसरकारी संस्था महासंघ स्याङ्जाका अध्यक्ष रुकुमदत्तशर्मा, पत्रकार महासंघ, स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा, नेकपा एमाले जिल्ला सदस्य विष्णु उपाध्याय, स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष टुकराज अर्याल, योगेन्द्रमान श्रेष्ठ, पूर्ण विक लगायतले समाजले गरेका काम उदाहरणिय भएको बताउँदै समाज विकास र बैदेशिक रोजगार सम्बन्धि ज्ञान, धारणा र जानकारी प्रदान गर्ने कार्य गर्नुपर्ने बताएका थिए ।
यसैविच सोही सभामा कतारमा रोजगारीका शिलशिलामा मृत्यू भएका दरौं गाउँविकास समिति वडा नं. ५ का रुद्रबहादुर सार्किकी श्रीमति कोपिला सार्किलाई कतारमा कार्यरत नेपालीबाट संकलित रकम ४ लाख १४ हजार ५ सय रुपैयाँ सहयोग स्वरुप प्रदान गरिएको छ ।
स्याङ्जा सहयोग समाज कतारमा सन् २००५ मा स्थापना भएको हो । त्यस पश्चात अन्तर्राष्ट्रिय समन्वय गर्न स्याङजामा अन्तर्राष्ट्रिय समन्वय समिति २०६६ सालमा स्थापना भएको हो । हाल युएइमा समेत शाखा स्थापना भइसकेको छ विश्वका ५ मुलुकमा सम्पर्क स्थापित भएको जानकारी गराइएको थियो । संस्थाले हाल सम्म मृतक परिवारलाई ४५ लाख रुपैयाँ, विद्यालय सहयोग कार्यक्रममा १ लाख ६० हजार, कम्प्यूटर, ५ लाखको अक्षय कोषको स्थापना, डहरे देउराली लागयतका विभिन्न धार्मिक स्थलका लागि १ लाख सहयोग लगायतका सामाजिक विकासका कार्यहरु गर्दै आएको छ । स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष अनन्तकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

+ comments + 1 comments
स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समिती स्याङ्जाको प्रथम साधारण सभाबाट पुःन अनन्तकुमार श्रेष्ठको नेतृत्वमा नवनिर्वाचित कार्यसमितिका सम्पुर्ण पदाधिकारिहरुलाई बधाई तथा नयाँ कार्यकाल पुर्ण सफलताको लागि शुभकामना व्यक्त गर्दछु । घनस्याम पराजुली (कृष्ण) स्या.स.स. दोहा कतार
Post a Comment