Header Ads

Recently Updated :
Home » » ग्रामिण स्वरोजगार अन्र्तगतको अनुदानको रकम वितरण

ग्रामिण स्वरोजगार अन्र्तगतको अनुदानको रकम वितरण

Posted By Krishna parajuli(Ghanashyam) on Thursday, July 5, 2012 | 8:41 AM

लोकराज भण्डारी
स्याङ्जा, असार २१ 
जिल्ला पशु सेवा कार्यालयले ग्रामिण स्वरोजगार अन्र्तगतको अनुदानको रकम वितरण गरेको छ । जिल्ला पशुसेवा कार्यालय खुलाएको ग्रामिण स्वरोजगारकाट छनौट भएका ४८ जनालाई नौ लाख रुपौया वितरण गरेको हो । कार्यक्रममका लागि जिल्ला भरबाट तिन सय ६ जनाले फारम भरेका थिए । कार्यलयले कुखुरा, बंगुर र बाख्रा पालनको लागी १६ हजार २ सय र भौसी, रांगा पालनको लागी २३ हजार रुपौँया कृषकहरुलाई अनुदान दिएको छ । गाई पलनमा एक जना, रागो पालनमा १ जना, भौसी पालनमा १६, बाख्रा पालनमा २१, बंगुरपालनमा २ र कुखुरा पालनमा ७ जना गरी ४८ जना युवा कृषकहरुलाई रकम वितरण गरेको हो । अनुदान रकम क्षेत्रीय पुश निर्देशक बंषी शर्मा, स्थानिय विकास अधिकारी नरहरी बरालले समुक्त रुपमा वितरण गर्नुभएको थियो । रकम वितरण गर्दै क्षेत्रीय पशु निर्देषक बंषी शर्माले रमको सही सदुपयोग गर्न आग्रह गरे उनले स्याङ्जा केही समय पहिला दुधको खानी भनेर चिनिएपनि पनि अहिले दुध उत्पादनमा कमी आउनु दुख भएको बताए । यस्तै स्थानिय विकास अधिकारी नरहरी बरालले रकमको सही सदुपयोग गर्न आग्रह गरेका थिए । कृषकहरुले यो रकमबाट व्यावसायीक रुपमा पशुपालन गर्ने बताएका छन् । उनिहरुले आफुहरुलाई यो रकम व्यावसायीक पशुपालन गर्न अपुग भएपनि आफुहरुलाई प्रात्साहन मिलेको बताएका थिए ।
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi