घनस्याम पराजुली (कृष्ण), दोहा कतार

कार्य प्रगति प्रतिबेदनको पुर्णपाठ :-
१.हामि सम्पुर्ण स्याङ्गजा र स्याङ्जावासिहरुको साझा संस्था स्याङ्जा सहयोग समाज दोहा कतार ४ मार्च २००५ मा स्थापना भई हाल सम्म सामाजीक भावना बोकेर अगाडि बढेन्ने क्रममा २७ जनवरि २०१२ का दिन समाल पार्कमा सम्पन्न तेश्रो साधारण सभा देखि आज मिति ११ मे २०१२ सम्म यस कार्य समितिमा ७ पुर्ण बैठक र २ सचिवालय बैठक वसि भए गरेका विवरण हरु बुदागत रुपमा म यस कार्य समितिको कार्यवाहक सचिवको हैसियतले यहाहरु समक्ष त्रैमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्न अनुमति चाहान्छु ।यस प्रतिबेदनमा कुनै कमि कमजोरिहरु भएमा औल्याईदिनु भई कार्यप्रगति प्रतिवेदनलाई पुर्णता प्रदान गर्न यस सम्मानित भेला बाट आवश्यक सुजाव र सल्लाहको अपेक्षा गर्दछु ।
गत २७ जनवरि २०१२ का दिन समाल पार्कमा सम्पन्न तेश्रो साधारण सभा बाट निम्नानुसार कार्य समिति चयन गरियो । जस अनुसार :-
अध्यक्ष :श्री टुकराज अर्याल , प्रथम उपाध्यक्ष :श्री रामु बस्याल ,दितिय उपाध्यक्ष :श्री गोप सुनार,सचिव :श्री लक्ष्मण खनाल,सह–सचिव श्री हुमनाथ गैरे,कोषाध्यक्ष श्री याम प्रसाद श्रेष्ठ,सह–कोषाध्यक्ष श्री खड्ग ब.नेपालि ,सदस्यहरु :- श्री प्रकाश परियार,श्री लेखँ ब. कुँवर,श्री पुर्णखर ढकाल ,श्री रत्नाखर ढकाल ,श्री जीवन डोटेल,श्री घनस्याम पराजुलि,श्री बिष्णु क्षेत्री,श्री बेद प्रसाद पाठक (बद्रि),श्री धनन्जय लम्साल,श्री भवि गुरुङ्ग,श्री चोलाकान्त वि.क.,श्री अजमद अलि,श्री टौमाया गुरुङ्ग,श्री डासिराम पान्डे रहेको कुरा जानकारि गराउछु ।
२. मिति ०२–०२–२०१२ का दिन कार्यसमितिको पहिलो बैठक अध्यक्ष श्री टुकराज अर्याल ज्यु को अध्यक्षतामा दोहाको हिमालयन होटलमा बसेको बैठकले सस्था सञ्चालनको लागि आवस्यक पर्ने सल्लाह सुझावको लागि विगत लामो समय देखि स्या.स.स. मा रहनुभएका निवर्तमान अध्यक्षको संयोजकत्वमा निम्नानुसार सल्लाहकार समिति गठन गरियो । जस अनुसार :-
सल्लाहकार संयोजक ( प्रमुख सल्लाहकार ) :- श्री गुरुनारायण रानाभाट
सदस्यहरुमा :-
श्री बिल गुरुङ्ग
श्री दुर्गा बस्याल
श्री कमलराज थापा
श्री दिपक पौडेल
श्री बुद्घि बि.क.
श्रीमति लोकमाया क्षेत्रि
श्री कृष्ण पनेरु
रहेको जानकारि गराउछु ।
३.मिति ०९–०२–२०१२ का दिन सनैयाको ३१ मा बसेको कार्यसमितिको दोश्रो बैठकले सस्थामा स्थापना काल देखि आजका दिन सम्म अभिभावकको भुमिका मा रहदै आउनु भएका संस्थापक अध्यक्ष , संस्थापक उपाध्यक्ष र निर्वतमान अध्यक्ष सहित तिन जना सस्थाको संरक्षक स्या.स.स.को विद्यान संशोद्यन गर्ने गरि समिति गठन गरियो । जसअनुसार :-
प्रमुख संरक्षक :- श्री राजेश दर्शन अर्याल
सदस्य संरक्षक :- श्री पुर्ण के.सि.
सदस्य संरक्षक :- श्री गुरुनारायण रानाभाट रहनुभएको जानकारि गराउछु ।
४.सस्थाका कामहरुलाई सहज र सर्वशुलभ सेवा प्रदान गर्ने हेतुले सस्थाका वर्तमान अध्यक्ष श्री टुकराज अर्यालको अध्यक्षतामा निम्नानुसार सचिवालय समिति गठन गरियो । जसमा ः
अध्यक्ष :- टुकराज अर्याल
प्रथम उपाध्यक्ष :- रामु बस्याल
द्घितिय उपाध्यक्ष :-गोप सुनार
सचिव :- लक्ष्मण खनाल
कोषाध्यक्ष :-याम प्र.श्रेष्ठ
सदस्य :- बिष्णु क्षेत्रि
सदस्य :- घनस्याम पराजुली
रहनुभएको जानकारि गराइन्छ ।
५.निर्वमान कार्य समितिले सञ्चालन गरेको मिलिजुली बचतमा देखिएका समस्याहरु व्यवस्थित रुपबाट समाधान गर्नका लागि निर्वमान अध्यक्ष श्री गुरुनारायण रानाभाटको संयोजकमा श्री टुकराज अर्याल , श्री याम श्रेष्ठ , श्री गोप सुनार सदस्य रहने गरि समिति गठन गरेको जानकारि गराउदछु ।
६.विगतमा झै यस वर्ष पनि नेपाली नयाँ बर्ष वि.स. २०६९ सालको भित्ते पात्रो प्रकाशित गरि बजारमा विक्री वितरण भएको कुरा अवगत गराउन चाहान्छु ।
७.विगत ४ बर्ष देखि कतारमा कार्यरत सम्पुर्ण नेपालीहरुको अभिभावकको भुमिकामा रहनुभएका नेपाली राजदुतावास कतारका महामहिम राजदुत श्री सुर्यनाथ मिश्रले आफ्नो सफल कार्यकाल सम्पन्न गरि नेपाल र्फकदा सस्थागत रुपमा स्या.स.स. दोहा कतारले उपस्थित भई उहाँको बिदाई कार्यक्रमलाई सफल बनाउन सहयोग गरेको कुरा जानकारि गरादछु ।
८.स्या.स.स. कतारको तेश्रो साधारण सभावाट निर्विरोध र्निवाचित हुनुभएका यस सस्थाका सचिव श्री लक्ष्मण खनाल आफ्नो व्यक्तिगत समस्याका कारण कतार छाडेर नेपाल जानु परेकोमा उहाँले उक्त पदबाट दिनुभएको राजिनामा स्विकृत गर्दै भोलीका दिनहरुमा उहाँले चालेका कदमले सफलता हासिँल गरुन भन्दै उहालाई स–सम्मान विदाई गरिएको कुरा यहाँहरु समक्ष अजगत गराउन चाहान्छु । यसरि रिक्त हुन आएको यस कार्य समितिको सचिव पदमा कार्य समितिका सह–सचिव श्री हुमनाथ गैरे लाई सचिवमा पदोन्नती गर्दै कार्यसमितिका सदस्य श्री घनस्याम पराजुली लाई सह–सचिव पदमा नियुत्त गरियो अनन्त यसरि कार्य समितिमा रिक्त हुन आएको सदस्य पदको लागि साधारण सदस्यबाट श्री चिरन्जीबी ढकाल तथा बैकल्पीक सदस्य पदमा सस्थाका साधारण सदस्य ठाकुर गौतमलाई नियुक्त गरेको कुरा जानकारि गराउन चाहान्छु ।
९.स्या.स.स कतारले आफ्नो स्थापना कालको छैठौ वर्ष सफलता पुर्वक पार गरि सातौ वर्ष प्रवेश गरेकोमा सस्थाका अध्यक्ष श्री टुकराज अर्यालको अध्यक्षता तथा सस्थाका सस्थापक अध्यक्ष श्री राजेशदर्शन अर्यालको प्रमुख आतिथ्यमा पहिलो पटक सातौ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम भबयताका साथ सम्पन्न गरियो । जसअनुसार सम्मानित हुनेहरुमा सस्थाका
सस्थापक अध्यक्ष श्री राजेशदर्शन अर्याल
सस्थापक उपाध्यक्ष श्री पुर्ण के.सि.
निर्वमान अध्यक्ष तथा प्रमुख सल्लाहकार श्री गुरुनारायण रानाभाट
सल्लाहकार श्री कमलराज थापा
सल्लाहकार श्री दिपक पौडेल
सल्लाहकार श्रीमति लोकमाया क्षेत्री
विशिष्ट व्यक्ति श्री इन्द्रदेव पाण्डे सम्मानित हुनु भएको जानकारि गराउदछु ।
१०.स्या.स.स.कतारले गतबर्ष झै आफ्नो धर्म,सास्कृतीको जर्गेना तथा भातृत्वको विकासको लागि गत १२ अप्रिल २०१२ साझ ओक्रा स्थित हिमालयन होटलमा सस्थाका अध्यक्ष श्री टुकराज अर्यालको अध्यक्षता तथा सस्थाका निर्वतमान अध्यक्ष एवम् प्रमुख सल्लाहकार श्री गुरुनारायण रानाभाटको प्रमुख आथित्यमा वि.स. २०६८ साललाई विदाई गर्दै नयाँ बर्ष वि.स. २०६९ साललाई स्वागत गर्दै शुभकामना आदानप्रदान तथा रात्रिभोज कार्यक्रम सम्पन्न गरिएको कुरा जानकारि गराउदछु ।
११.स्या.स.स. कतार र सस्थाका अध्यक्ष श्री टुकराज अर्यालको विषेश पहल तथा स्या.स.स.का श्री कृष्ण गिरि ,श्री नारायण सि. गुरुङ्गको विषेश सहयोगमा विश्व साइकल यात्रि श्री सौरभ दाहालको दोहा यात्राको विषेश व्यवस्थापन गर्दै स्या.स.सका अध्यक्षले करि २२९३ तथा सस्थागत रुपमा कार्यसमितिको निर्णय बमोजिम आर्थिक सहयोग स्वरुप क.रि.५०० एन आर एन ए कतार मार्फत सहयोग गरि साइकल यात्रिको १८ दिने दोहा यात्रालाई सफलता पुवर्क सम्पन्न भएको जानकारि गराउदछु ।
१२.गत २१ अप्रिल २०१२ मा सनैया ४२ मा डिएक्सनको हलमा स्या.स.स कतारको आयोजना तथा डिएक्सन परिवारको सहयोगमा आठौ अन्तराष्द्रिय अल जजिरा फिल्म फेस्टिवल कतारको छनोटमा परेको नेपाली डकुमेन्द्री जर्नी टु यार्सालाई प्रदर्शन गरियो । उक्त प्रदर्शनपछि नेपाली डकुमेन्द्री जर्नी टु यार्साका निर्देशक श्री दिपेन्द्र भण्डारिले गर्नु भएको साहासि एवम् खोजमुलक कार्यको कदर गर्दै भोलीका दिनमा यस्ता अकल्पनिय ठाउ र समाजका विवरणमुलक कार्य गर्न प्रोत्साहन पुगोस भन्ने हेतुले स्या.स.स. कतारका अध्यक्ष श्री टुकराज अर्याल ,निर्वतमान अध्यक्ष एवम् प्रमुख सल्लाहकार श्री गुरुनारायण रानाभाट , द्घितिय उपाध्यक्ष गोप सुनार, कोषाध्यक्ष याम प्र.श्रेष्ठ, सह–सचिब घनस्याम पराजुली,सल्लाहकार दिपक पौडेल लगाएत उपस्थित कार्यसमितिका सदस्यहरु सबैले उहालाई ढाका टोपि ,दोसल्ला र खादा ओढाएर सम्मान गर्दै आर्थिक सहयोग स्वरुप रु ५०,१०० अध्यक्ष अर्याल ,निर्वतमान अध्यक्ष रानाभाट र डिएक्सन ए डि सि क्लवका अध्यक्ष श्री नारायण सिं गुरुङ्गले प्रमाण पत्र सहित संयुक्त रुपमा हस्तान्तरण गनुभयो सो कार्यक्रमको लागि समाजसेवि श्री लक्ष्मण खतिवडले प्रोजेक्टर,छत्र तामाङ्गले साउन्ड सिस्टम तथा नारन सिं गुरुङ्गले पानि र चक्लेट सहयोग गर्नुभएको यहाँहरु माझ जानकारि गराउदछु । सो सम्मान बाट सम्मानित श्री दिपेन्द्र भण्डारिले आफ्नो दोहा बसाईमा नेपाली दुतावासले गर्नुपर्ने व्यवस्था र सम्मान सस्थागत रुपमा स्या.स.स.बाट स्मरणिय रुपमा सम्मान पाएको कुरा नेपाल स्थित विभिन्न संचार माध्यम मार्फत स्या.स.स.को प्रशंसा गुर्नु भएको कुरा अवगत गराउन चाहान्छु ।
१३.स्या.स.स. निर्वतमान कार्य समितिको निर्णय बमोजिम नेपाली राजदुतावास कतारमा कर्मचारि थप गर्नका लागि संस्थागत रुपमा क.रि. १००० अर्थिक सहयोग गरेको कुरा जानकारि गराउन चाहान्छु ।
१४.स्याङ्गजा र्सिसकोट स्थित श्री अर्पण युवा क्लवको आयोजनामा शिक्षा तथा खेलकुद मन्त्रीले उद्घाटन गरेको खेलकुद महोत्सवलाई सस्थाका निर्वतमान अध्यक्ष तथा प्रमुख सल्लाहकार श्री गुरुनारायण रानाभाटको विषेश पहलमा अर्थिक सहयोग स्वरुप रु ५०००० सहयोग गरेको जानकारि गराउदछु ।
१५.स्याङ्गजा चापाकोट स्थित तेश्रो कालिगण्डकि गोल्डकपको आयोजना तथा प्रधानमन्त्री डा.बाबुराम भट्टराई ले उद्घाटन गर्नुभएको उक्त कार्यक्रम सम्पन्न गर्नको लागि चाकुरा इकाई तथा सस्थाका प्रथम उपाध्यक्ष श्री रामु बस्यालको बिषेश पहलमा आर्थिक सहयोग स्वरुप रु १०००० सहयोग गरेको कुरा जानकारि गराउदछु ।
१६.गत २३ मार्च २०१२ का दिन समाजसेवी श्री लक्ष्मण खतिवडा को आयोजना तथा स्याङ्गजा सहयोग समाज कतारको विषेश सहयोगमा दोहा सिनेमा हलमा सम्पन्न लुट फिल्मको प्रदर्शन गरियो उक्त प्रदर्शन छुटपुट कमि कमजोरि बाहेक सोचेभन्दा राम्रो र सबै तह तप्का बाट सहयोग प्राप्त भएको जानकारि गराइन्छ साथै यस प्रदर्शनलाई व्यवस्थित गराउनको लागि सहयोग पुर्याउनु हुने सम्पुर्ण सहयोगि हात हरुलाई स्या.स.स. आत्मियताका साथ स–धन्यवाद् प्रकट गर्दछ । जसबाट अर्थिक प्रतिवदनमा उल्लेख भएअनुसारको आर्थिक कारोवार भएको कुरा जानकारि गराउदछु ।
१७.दोहामा कार्यरत स्याङ्गजा खिलुङ्ग देउरालीका श्री इन्द्रदेव पौडेल कम्पनीबाट पाउनु पर्ने सेवा सुविधा नपाएका कारण मजदुर अदालतमा सेवा सुविधाको लागि पहल गर्दा गर्दैको अवस्थामा कतारको आन्तरिक निरिक्षण टोलीले ( सि.आइं.डि. ) ले पक्राउ गरि जेल लगेको अवस्थाका थाहा पाई सस्थाका अध्यक्ष श्री टुकराज अर्याल ज्यूले विषेश पहल गरि सम्पुर्ण सेवा सुबिधा उपलब्ध गराई नेपाल पठाउन सफल भएको कुरा जानकारि गराइन्छ ।
१८.स्याङ्गजा सिर्सेकोटका श्री सन्जु गुरुङ्ग कम्पनीबाट पाउनु पर्ने सेबा सुविधा सहित घर र्फितिको लागि आवश्यक पहल नभएपछि सो पहल गरिदिन मजदुर अदालत सम्म पुगेर बारम्बार अपिल गर्दा समेत सुनुवाई नभएको अवस्थामा सस्थाकी केन्द्रिय सदस्य श्री टौमाया गुरुङ्गद्घारा जानकारि पाई सस्थाका अध्यक्ष श्री टुकराज अर्याल ज्यूले विषेश पहल गरि सम्पुर्ण सेवा सुबिधा उपलब्ध गराई नेपाल पठाउन सफल भएको कुरा जानकारि गराइन्छ ।
१९.स्याङ्गजा सिरकोट घर भई कतारमा कार्यरत श्री चन्द्र ब. सार्कि कम्पनिबाट उचित सुबिधा नपाएको कारण कम्पनी छाडि अन्यत्र काम गरिरहेको अवस्थामा फोल्डिङ्ग बाट खस्न पुग्दा टाउको ठुलो चोट लाग्न पुगि बेहोस अवस्थामा लामो समय सम्म ( ४ महिना ) हमद हस्पिटलमा रहेका सार्कि कतारको कानुन बमोजिम अवैधानिक भएकाले उहाको मामा राजु नेपालीले गरेको अपिल बमोजिम स्या.स.स. र सस्थाका अध्यक्षले विषेश पहल स्वरुप नेपाल पठाउनको लागि सहजकर्ताक्ँे भुमिका निभाएको कुरा जानकारि गराउदछु ।
२०.स्या.स.स.कतारको विद्यान बमोजिम सस्थागत विस्तार स्वरुप भौगोलीक परिवेश अनुसार गठन गर्न सकिने इकाईहरुको विस्तार गरिएको छ । जसअनुसार थुमपोखरा ,बिचारा चौतारा, चाकुर , सिर्सेकोट , अर्जुनचौपारि , रापाकोट रहेको कुरा जानकारि गराइन्छ साथै गत बठैकमा प्राप्त जानकारि अनुसार रापाकोट,अर्जुनचौपारि,चाकुर इकाइ भव्यताका साथ पुर्नगठन भएको व्यहोरा जानकारि गराइन्छ साथै विचारि चौताराको साधारण सभा सम्पन्न भएको जानकारि गराउदछु ।
२१.स्याङ्गजा जिल्ला दरौ गा.वि.स. वडा न.ं ५ मृतक रुद्र ब. सार्कि विगत २१ महिना अगाडि दोहाको अरव आर्ट डेकोरेसन कम्पनीमा काम गर्न आएका उक्त कम्पनीले लगातार ६ महिना सम्म तलव नदिएको र भिसा समेत नलगााएका कारण कम्पनी छाडेर अन्यत्र काम गर्दागर्दै गत ४ फेव्रवरि २०१२ का दिन उहाको आकस्मिक निधन प्रस्चात कतार सरकारको नियम बमोजिम उहा अवैधानिक भएकाले नेपाल पठाउन जिम्मेवार व्यक्ति समेत नभएको अवस्थामा स्या.स.स. कतारको विषेश पहल स्वरुप अध्यक्ष श्री टुकराज अर्यालको विषेश उपस्थितीमा स्या.स.स.का श्री कृष्ण गिरि, केयर सिं सार्कि, नारन सिं गरुङ्गको प्रशंसनिय सहयोग वाट कतारि प्रसाशन ( प्रहरि ) को रोहवरमा कम्पनि सन्चालकलाई विषेश दवाव र्सिजना गरि सस्थाका निर्वतमान अध्यक्ष श्री गुरुनारायण रानाभाटको विषेश पहलमा नेपाल राजदुतावासमा अनुरोध गर्दा समेत तत्काल पहलमा ढिलाइ हुन जादा यस सस्था र सस्था सग सम्बन्धित सहयोगि हातहरुको प्रयासले कम्पनिवाट पहिले काम गरेको रकम र सबै सेवा सुविधा उपलब्ध गराई गत १७ अप्रिल २०१२मा मृतकका घर परिवारको पाएक पर्ने स्थान स्या. जैसिडाडा सम्म पुर्याई दाह सस्कारको लागि घर परिवारलाई जिम्मा लगाइयो साथै उक्त कम्पनिबाट प्राप्त रकम क.रि. २७५० नेपाली राजदुतावास मार्फत पठाई मृतकको पारिवारिक स्थितिलाई मध्यनजर गर्दै स्या.स.स. दोहा कतारले अर्थिक संकलन गरि संकलित रकम स्या.स.स. कतारको प्रत्यक्ष सरोकार रहने गरि हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारि गराउदछु ।
२२.स्या.रत्नपुर ८ का मृतक जग ब. कुमाल गत १२ महिना अगाडि कतारको मिड गल्फ कम्पनीमा रोजगारको लागि आएका र मिति १२ –०२ –२०१२ मा सुतिरहेको अवस्थामा निधन भएको कुरा चाकुर इकाई बाट लिखित प्राप्त भएको जानकारि अनुसार स्या.स.स. दोहाले मृतक कुमालको गृह गाविस रत्नपुर सग सम्वन्धित चाकुरा इकाई तथा इकाइका अध्यक्ष कल्याण पौडेललाइ आर्थिक सहयोग संकलनको लागि जिम्मा दिइयो उक्त संकलित रकम स्या.स.स.को प्रत्यक्ष सरोकार रहने गरि हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारि गर्दछु ।
२३.स्या.अर्जुनचौपारि ३ घर भएका एक ब. जि.सि. कतारको गल्फ किल्क कम्पनी मा कार्यरत अवस्थामा गत २ अप्रिल २०१२ का दिन रैयानमा सडक दुघटनामा परि निधन भएको र मृतक जि.सि.को पार्थिक शरिर लाई दाह सस्सकारको लागि घर परिवार समक्ष पुर्याउने मान्छे उपलब्ध नभएको स्थितिमा सस्थाका अध्यक्ष श्री टुकराज अर्यालले आफ्नो प्रत्यक्ष सरोकार रहनेगरि आफ्नै कम्पनी व्यावस्थाक सग अनुरोध गरि पार्थिक शरिर आर्यघाट सम्म पुर्याउने व्यवस्था मिलाएको र उहाको घर परिवारलाई आर्थिक सहयोग गर्ने हेतुले स्या.स.स. कतारले निज मृतक जि.सि.को गृह गाविस अजुर्नचौपारि भएकाले सो सग सम्वन्धित अर्जुनचौपारि इकाइ तथा श्री एकनारायण देवकोटाको रोहवरमा आर्थिक संकलन गरि संकलित रकम स्या.स.स. कतारको प्रत्यक्ष सरोकार रहने गरि हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारि गराउदछु ।
२४.स्या.अर्जुनचौपारि ७ घर भएका बिर ब. गुरुङ्ग कतारको ओ.टि.एस क्लिनिक कम्पनी मा सुतिरहेको अवस्थामा गत ३ मे २०१२ का दिन आकस्मिक निधन भएको हुदा उहाको घर परिवारलाई आर्थिक सहयोग गर्ने हेतुले स्या.स.स. कतारले निज मृतक गुरुङ्ग.को गृह गाविस अजुर्नचौपारि भएकाले सो सग सम्वन्धित अर्जुनचौपारि इकाइ तथा श्री एकनारायण देवकोटाको रोहवरमा आर्थिक संकलन गरि संकलित रकम स्या.स.स. कतारको प्रत्यक्ष सरोकार रहने गरि हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारि गराउदछु ।
२५.स्या.रापाकोट घर भएका दिपक चापागाई सडक दुर्घटनामा परि टाउकोमा गहिरो चोट लागेका कारण अचेत अवस्थामा हमद हस्पिटलको कोठा न.४८३ बेड न. १ मा रहेका चापागाईको लागि आवश्यक सहयोग जुटाउन स्या.स.स. रापाकोट इकाई र इकाईका अध्यक्ष नारायण प्र काफ्ले जुटिरहनुभएको जानकारि गराइन्छ ।
पुनश्च :- स्या स स तथा सम्पुर्ण सहयोगि , शुभचिन्तक वर्गलाई उहाको बारेमा जानकारि लिन र सहयोग गर्न स्या स स कतार अपिल गर्दछ ।
अन्तमा स्याङ्गजा सहयोग समाज कतारले यस अवधिमा आम स्याङ्गजावासिको अपेक्षा अनुरुप कार्यहरु गर्न नसकेको हुनसक्छ । बर्तमान कार्यसमिति प्रति आदरणिय स्याङ्गजावासिहरुको गुनासाहरु पनि हुन सक्छन ,यिनै विषयहरु वारे मन्थन गर्दै एउटा निश्र्कष निकाल्ने र समाजलाई अघाडि बढाउने उद्येश्यले यस्ता भेलाहरुको आयोजना हुनु आवश्यक छ ।यस सम्मानित भेलामा स्या.स.स. कतारले सम्पन्न गरेका कार्यहरुको विवरण जस्ताको तस्तै प्रस्तुत गरेको छु । यस प्रतिवेदनमा समावेश गरिएका निर्णयहरुका विषयहरुमा यहाहरुको गहकिला सुझावहरुको अपेक्षा गर्दछु । यस अवधिमा आ–आफ्नो ठाउँवाट सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुमा धन्यवाद सहित कृतज्ञता व्यक्त गर्न चाहान्छु साथै आउने दिनहरुमा यहाहरुको अरु थप रचनात्मक सल्लाह , सुझाव र सहयोगको अपेक्षा गर्दछु ।
धन्यवाद्
घनस्याम पराजुली
कार्यवाहक सचिव
स्या.स.स. , दोहा – कतार
Post a Comment