घनस्याम पराजुली (कृष्ण) ,दोहा कतार
स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितीको १ महिना भित्र प्रथम साधारण सभा गर्न गराउन स्याङ्जा सहयोग समाज दोहा कतारले पहल गरेको छ ।
स्याङ्जा सहयोग समाज दोहा कतारको बिषेश पहलमा स्थापना गरिएको स्या.स.स. अन्तराष्ट्रिय समन्वय समितीले स्थापना देखि हाल सम्मको कार्यकाल विविध कठिनाईका बावजुद सफलता पुर्वक सम्पन्न गरेको जनाउदै स्या.स.स.दोहा कतारले स्या.स.स. अन्तराष्ट्रिय समन्वय समिती सँग सम्वन्धीत सम्पुर्ण पदाधिकारीहरु एवं सहयोगी वर्गमा धन्यवाद ज्ञापन गरेको छ साथै स्या.स.स. अन्तराष्ट्रिय समन्वय समीती र विभिन्न देशहरुमा रहेका सम्पुर्ण स्या.स.स. विच हरपल परामर्श र सहकार्यको नितान्त आवश्यकता महशुस गर्दै स्या.स.स.अन्तरनष्ट्रिय समन्वय समीती स्याङ्जाको मौजुदा विद्यान बमोजिम यस कार्यलाई निरन्तरता दिन केहि अप्ठ्यारा तथा विद्यान अस्पष्टता बाद्यक बन्न सक्ने देखिएकाले ति अप्ठ्यारा एंव विद्यान अस्पष्टतालाई प्रथम साधारण सभावाट विद्यान संसोधन गरि विदेशमा रहेका सम्पुर्ण स्या.स.स. सँगको सम्वन्ध तथा काम कारवाहिलाई अझ प्रगाढ एंव सर्वसुलव बनाउन पर्ने देखिएकोले स्या.स.स. दोहा कतारले १ महिना भित्र प्रथम साधारण सभा गर्न गराउन पहल गरेको छ ।
स्याङ्जा सहयोग समाज दोहा कतारको मिति ३१ मे २०१२ का दिन स्थानीय सनैया ३१ मा बसेको बैठकले “स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समीती” स्याङ्गजाको प्रथम साधारण सभामा दोहाको प्रतिनिधित्व गर्दै स्याङ्जा सहयोग समाज दोहा कतारको विधानको दायरा भित्र रहि स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समीती स्याङ्गजाको विद्यानलाई आवश्यक परिमार्जन गरि गराई प्रथम साधारण सभा गर्न गराउन पुर्ण अधिकार अध्यक्ष श्री टुकराज अर्याललाई दिई पठाएको छ । साथै स्याङ्जा सहयोग समाज दोहा कतारको पहलमा स्थापना गरिएको अक्षयकोष लाई निरन्तरता दिदै सो बाट प्राप्त व्याजको रकमलाई स्वयं श्री टुकराज अर्यालले स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समिति स्याङ्जाको साधारण सभावाट निर्वाचित कार्यसमिती सँगको सल्लाह र परामर्श गरी उक्त समितीको रोहवरमा सुचना मुलक कार्यक्रम एवं गरिव तथा जेहेन्दार छात्रवृति मा खर्च गर्ने अधिकार समेत दिएको जानकारी गरायो । यसैगरि स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समीती स्याङ्जाबाट हुने सबै काम कारवाहिलाई प्रभावकारि ढंगले सरल र सुलभ तरिकाले कार्य सम्पादन गर्नका लागि विदेशमा रहेका सम्पुर्ण स्याङ्जावासि सँग सरोकार राख्ने सामाजिक संघ संस्थासँग सल्लाह र समन्वय गरि स्याङ्जा जिल्ला सदरमुकाम स्याङ्जा बजारमा स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समिती स्याङ्जाको कार्यलय स्थापना गर्ने गराउने अधिकार सहितको जिम्मा अध्यक्ष अर्याललाई दिएको छ ।
स्याङ्जा सहयोग समाज दोहा कतार बैदेशिक रोजगारको शिलशिलामा कतारमा आई विभिन्न क्षेत्रमा कार्यरत स्याङ्जावासिहरुको सक्रियतामा सामाजिक सेवा र सद्धभाव ,आपसमा भाइचाराको सम्वन्ध विकास, मानविय सहयोग र कल्याणको क्षेत्रमा योगदान पुर्याउदै आएको छ र आफ्नो उद्देश्य अनुरुप कतारमा सेवा र सहयोगका गतिविधिहरु संचालन गरि सस्थाले सामाजिक क्षेत्रमा चर्चा बटुल्दै आईरहेको छ ।
Post a Comment