प्रकाश डोटेल
स्याङ्जा-१८, असार ।
नेपाली काँग्रेस स्याङ्जाको आयोजनामा नेपाली लोकतन्त्रका लोकनायक स्वः गिरीजाप्रसाद कोइरालाको ८९ औँ जन्म जयन्ती तथा नेपाली काँग्रेस स्याङ्जाका पूर्व स्थायी आमन्त्रित सदस्य बिष्णुप्रसाद गुरुङ् स्वर्गारोहण भएको १५ औं दिनको पुण्य तिथीको अवसरमा शोक सभा सम्पन्न गरेको छ ।
पार्टी कार्यालयमा आयोजित शोक सभामा बोल्दै नेपाली काँग्रेसका पुर्व सांसद तथा नेपाली काँग्रेस स्याङ्जाका पूर्व सभापति खगेन्द्रराज रेग्मीले नेपाली जनताको पक्षमा जीवनभर संघर्षमा उत्रिएका स्वः कोइराला एसियाका राजनीतिक तारा भएको बताए ।
सोहि अवसमरा उनले पुर्व स्थायी आमन्त्रित सदस्य बिष्णुप्रसाद गुरुङ्को निधनले सिङ्गो काँग्रेसलाई अतुलनीय क्षति पुगेको चर्चा गरेका थिए । रेग्मीले लेखक समेत रहेका गुरुङ्जस्ता निःस्व्ाार्थ सेवाभावले जीवनभर स्वतन्त्रता र लोकतन्त्रको पक्षमा लड्ने योद्धाको लोकतन्त्रबादी सवैले सधैं सम्मान गर्नुपर्नेमा जोड दिए ।
त्यसअवसरमा नेपाली काँग्रेस स्याङ्जाका महसमिति सदस्य राजु थापा, महाधिबेशन प्रतिनिध प्रेमराज पौडेल, नेपाल विद्यार्थी संघका केन्दि्रय सदस्य विष्णुप्रसाद पौडेलले स्वः गिरिजाप्रसाद कोइराला र गुरुङ्ले नेपाली राजनीतिमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
सोहि अवसरमा नेपाल तरुण दलका केन्दि्रय सदस्य गोबिन्द रानाभाट, नेपाल महिला संघ स्याङ्जाका अध्यक्ष मखमली श्रेष्ठ लगायतले नेपाली काँग्रेसले प्रजातान्त्रिक आन्दोलनका एक कट्टर योद्धा गुमाएको प्रति दुःख ब्यक्त गरेका थिए ।
नेपाली काँग्रेस स्याङ्जाका पूर्व स्थायी आमन्त्रित सदस्य तथा लेखक बिष्णुप्रसाद गुरुङ्को असार ४ गते भिरबाट लडेर निधन भएको थियो । स्वतन्त्रता र लोकतन्त्र प्रति कट्टर आस्थावान गुरुङ्ले अङ्ग्रेजी भाषामा 'नेप्लीज फेस्टिबल' र 'कल्चर अफ नेपाल' नामक दुई पुस्तक प्रकाशित गरेका छन् ।
नेपाली काँग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब लक्ष्मण भट्टराई र स्वागत उपसभापति मुक्ति सुवेदीले गरेका थिए ।
Post a Comment