दोहा कतार ,
रोजगारीका लागि मीठो सपना वुनेर खाडी मुलुक कतार आएका केही नेपालीहरुले पैसा होइन जीवनको नै भीख मागिरहेका छन् । कतारको एक मात्र ठूलो सरकारी हमाद अस्पतालमा भेटिएका नेपालीहरु छिटो भन्दा छिटो उपचार गराएर स्वदेश फर्कन चाहन्छन् भने कोही जीवनको नै दाउ राखिरहेका छन् ।
रोजगारीका लागि मीठो सपना वुनेर खाडी मुलुक कतार आएका केही नेपालीहरुले पैसा होइन जीवनको नै भीख मागिरहेका छन् । कतारको एक मात्र ठूलो सरकारी हमाद अस्पतालमा भेटिएका नेपालीहरु छिटो भन्दा छिटो उपचार गराएर स्वदेश फर्कन चाहन्छन् भने कोही जीवनको नै दाउ राखिरहेका छन् ।
एक वर्ष अगाडि काठमाडौंको एक मेनपावरवाट कतारमा स्कापफोल्डरको काम गर्न आएका स्याङजाका २० वर्षिय दिपक चापागाईं अहिले हमाद अस्पतालको ३ सय ८४ नम्वरको शैयामा जीवन–मरणको दोसाँधमा छन् । उनी विगत दुई महिना देखि वोल्न सक्दैनन् भने वेहोस अवस्थामा सुतिरहेका छन् । वाटो हिडिरहेको अवस्थामा कारले हानेर घाइते भएका चापागाईको टाउकामा गहिरो चोट लागेको छ । टाउकामा चोट लागेको हुँदा सहजै उपचार हुन नसक्ने अस्पतालले जनाएको विरामीका कुरुवा अर्जुन राईले वताए । उनलाई अहिले सीधै पेटमा नलिवाट खाना दिइदै आएको छ । कतारको एसपीक्यू कम्पनीमा काम गरिरहेका चापागाईंको उपचार र एक जना कुरुवा कम्पनीले नै उपलव्ध गराइरहेको छ । उनको स्वास्थ्य सुधारका केही लक्ष्यण दुई महिना हुँदा समेत नदेखिएको कुरुवा राईले जानकारी दिए ।
विगत सात वर्ष देखि कतारमा कार्यरत मोरङका जीतवहादुर धिमाललाई पनि वाटो हिड्दा गाडिले हानेर घाइते वनायो । उनी एक महिनादेखि उपचारार्थ अस्पतालको शैयामा लडिरहेका छन् । उनी अहिले वोल्न भने सक्छन् । कतारको गल्फ कन्ट्राक्टिङ कम्पनीमा कार्यरत उनको खुट्टामा गहिरो चोट लागेको छ । उनी भन्छन्–‘ कमाउन आइयो तर अस्पतालमा अपाङग भएर वस्नु परेको छ, जतिसक्दो चाँढो नेपाल जान पाएहुन्थ्यो ।’ उनी नेपालमा नै गएर उपचार गराउन चाहन्छन् तर उनको उपचार अहिले कम्पनीले नै गराइरहेको छ ।
देउरालीका नरवहादुर खड्का (धिरज) पनि सवारी दुर्घटनामा परेर अस्पताल पुगेका छन् । नेपालीहरुले खेलिरहेको भलिवल प्रतियोगिता हेरेर वसेका खड्कालाई गाडिले हानिदिएको प्रत्यक्षदर्शीको भनाई छ । दुई दिन अगाडि मात्र दुर्घटनामा परेका खड्काको मृत्यु भएको हल्ला सुनेपछि स्याङजा सहयोग समाजका अध्यक्ष टुकराज अर्यालले अस्पतालमा खोज्न जाँदा शल्यक्रिया सफल भएको थाहापाए । उनले भने–‘ वेहोस रहेका खड्का भाईको अवस्था कसैलाई थाहा थिएन तर अस्पतालमा खोज्दा मैले पत्ता लगाए तर उनी वोल्न सक्ने अवस्थामा थिएनन् ।’ अस्पतालको ४सय १९ नम्वर शैयामा रहेका खड्का अहिले खतरामुक्त रहेका छन् । १३ महिना अगाडि मात्र कतार आएका उनी लुना एसी मेन्टिनेन्स् कम्पनीमा कार्यरत छन् । उनको उपचारका वारेमा कम्पनीलाई समेत थाहा छैन
कतारको सरकारी अस्पतालको शैयामा दुई हप्ता देखि घाइते भई उपचारार्थ खोटाङका धनराज राईलाई भेट्दा दुःख र अचम्म दुवै लाग्छ । एक दिन अघि मात्र होसमा आएका उनको दुर्घटना केही फरक छ । उनलाई गाडिले हानेको होइन आफ्नै कारणले घाइते भएका हुन् । उनले आफु घाइते हुनुपरेको यथार्थ सुनाउँदै भने–‘ मैले सपनामा वावुराम भट्टराईलाई मारेको देखे, विपनामा म हत्यारा भएँ अनि वाँच्नु उचित नलागेर दुई तलावाट हाम्फालेर आत्महत्या गर्न खोज्दा यस्तो भयो ।’ उनीले प्रश्न गरे –‘ वावुराम जिउँदै छन् ।’ उनी अझै डराइरहेका थिए । चापागाईं, धिमाल, खड्का र राई मात्र होइन हमाद अस्पतालमा जीवनको आशामा धेरै नेपाली रहेका छन् । ‘धेरै दुर्घटनाका केस आउने गर्दछन् ’एनआरएनका सचिव टिवि कार्कीले भने–‘ यसरी उपचार गराएर घर फर्काउन नेपाली समुदायले खर्च जुटाएर सहयोग गरिरहेका छन् ।’ प्रवासले रेमिट्यान्सवाट नेपाललाई फाइदा मात्र होइन रेमिट्यान्स भित्र्याउने जीवन पनि वर्वात गरिरहेको छ । कति नेपालीले विदेशी भूमिमा नै जीवन गुमाइरहेका पनि छन् । समान्य दुर्घटनालाई न्यूनिकरण गर्न नेपाली स्वयम नै सजग हुन जरुरी छ ।
उद्धव भट्टराई, दोहा
Post a Comment