स्याङ्जाको पुतलीबजार नगारपालिका-३, राङ्भाङ्, ठूलाडिही, पौवैगौडे“, बहाकोट लगायत गाविसका बिभिन्न ठाउ“मा केही दिन अघि परेको असिनाले लाखौ“ मूल्य बराबरको मौसमी तथा बेमौसमी तरकारी खेति, फलफुल र अन्नबालीमा क्षति पुर्याएको छ ।
असिनाले पुतलीबजार नगरपालिका-३, राङ्भाङ्-६ र ७, ठूलाडिही-८ र ९ तथा बहाकोट-७ मा क्षति पुर्याएको हो । ठूलाडिही-९ का जितेन्द्र शाहीले करिब पा“च रोपनी श्रेत्रफलमा लगाएको गोलभेंडा असिनाले पर्ूण्ारुपमा क्ष्ति पुर्याएको छ ।
असिनाले थिचेर बोटबाट भर्ुइ“मा खसालेका गोलभेंडा कुहिएर त्यस वरपरको वातवारण दर्ुगन्धित बन्न थालेको छ । पीडित कृषक शाहीको आम्दानीको स्रोतको रुपमा रहेको गोलभेंडा असिनाले नष्ट गरिदिएपछि चिन्तित भएका छन् भने घर वरिपरि वातावरण नै दर्ुगन्धित हुने गरी कुहिएको गोलभेंडा हटाउ“दा हटाउ“दै उनलाई दिन वितेको पत्तै हुदैन ।
त्यसैगरी असिनाले ठूलाडिही-९, को बेंसीधारा, नेवारबारी लगायतका ठाउ“मा करिब १५ लाख बराबरको भर्खर फुल र फल शुरु भएको सुन्तलामा क्षति पुगेको छ । तरकारी तथा अन्नबाली उब्जाएर जीवीकोपार्जन गर्ने त्यस क्षेत्रका कृषकहरुका लागि सबै खेति असिनाले नष्ट गरेपछि राज्यले क्षतिको एकीन गरी क्षतिपर्ूर्तिको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
असिनाले वालीनाली नष्ट गरेको बारे कार्यालयमा जानकारी आएको भए पनि एकीन तथ्याङ्क संकलन भई नसकेको कृषि विकास कार्यालय स्याङ्जाका बागवानी अधिकृत विष्णु श्रेष्ठले बताए ।
Post a Comment