Header Ads

Recently Updated :
Home » » स्याङ्जामा फोटोसहितको नाम दर्ता पुनः हुने

स्याङ्जामा फोटोसहितको नाम दर्ता पुनः हुने

Posted By Anonymous on Tuesday, April 17, 2012 | 4:51 AM

प्रकाश डोटेल/स्याङ्जा-४, बैशाख
मतदाता नामावलीमा छुटेका वा त्रुटी भेटिएका नागरिकहरुको लागि स्याङ्जामा फोटो खिच्ने काम सुरु हुने भएको छ । पहिलो चरणमा स्याङ्जाका विकट गाविसहरुबाट यो अभियानलाई थालनी गरिएको र अन्तिममा नगरपालिकामा छुटेका वा त्रुटी भेटिएका नागरिकको फोटो खिच्ने काम थालिने जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।
बैशाख ५ गते अर्थात आजदेखि जेठ १० गतेसम्म चल्ने फोटो खिच्ने कामको लागि ७ जना दक्ष प्राविधिक खटाइएको निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुबेदीले जानकारी दिए ।
स्याङ्जा जिल्लामा एक लाख ३० हजार मतदाताले फोटो खिचाएका छन् भने मतदाता नामावलीमा नाम छुटेका, त्रुटि भेटिएका र फोटो खिच्ने समयमा १६ वर्षनपुगेका नया“ मतदाता गरी स्याङ्जामा करिब १४ देखि १५ हजार जना रहेको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले अनुमान गरेको छ ।
यस वर्षएक गाविस एक प्राविधिकको नीतिले प्राविधिक खटाउन लागिएको उनले भने-'छुटेको वा त्रुटी भेटिएको सुधार गर्न एक जना पर्याप्त हुन्छ । स्याङ्जा जिल्लाका मतदात विदेश गएका कारण पनि फोटो खिचाउन नसकेको प्रमुख सुबेदीले बताए । कतिपयले उमेर पुगेर पनि नागरिकताको प्रमाणपत्र नलिएकाले मतदाता परिचयपत्रको लागि फोटो खिचाउन सकेका थिएनन् ।
रुजुसहित छपाइ गरिएको नामावलीलाई वैशाख ३ गतेदेखि गाउ“ विकास समिति, नगरपालिकाको वडा कार्यालयहरुमा टांस्ने काम स्याङ्जामा पनि सुरु भएको छ । निर्वाचन आयोगको पर्ूवनिर्धारित कार्यक्रम अनुसार गतवर्षसंकलन गरिएको फोटोसहितको मतदाता नामावलीमा दुरुस्त रहेको नामहरुको सूचि बैशाख ३ गतेदेखि सम्बन्धित गाविसको कार्यालय, वडा कार्यालयमा टा“स गरी र्सार्वजनिक गर्नुपर्ने छ ।
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi