Header Ads

Recently Updated :
Home » , » रत्नपुर सहकारि कतारको प्रथम साधारण सभा सम्पन्न ।

रत्नपुर सहकारि कतारको प्रथम साधारण सभा सम्पन्न ।

Posted By Krishna parajuli(Ghanashyam) on Friday, October 5, 2012 | 12:07 PM



घनस्याम पराजुली (कृष्ण) ,दोहा– रत्नपुर बचत तथा ऋण सहकारि  दोहा कतारले सनैया ४१ स्थित एक हलमा प्रथम साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । 
स्याङ्जा जिल्लाको दक्षिणी भेगमा अवस्थित रत्नपुर गा.वि.स.बाट रोजगारिको शिलशिलामा कतारमा कार्यरत नेपालीहरुले २०११ मा स्थापना गरेको यस सहकारिले १ बर्षे कार्य अविधिमा रु १३ लाख भन्दा बढिको कारोबारा गरिसकेको छ भने सानो क्षेत्रका युवाहरुको सानो समुहले स्थापना गरेको सहकारिले एक बर्षमा नै लगभग रु १ लाख बराबरको मुनाफा गरेको छ । सहकारिले पुनः जिवन डोटेलको नेतृत्वमा ९ सदस्यिय कार्यसमिति निर्विरोध चयन गरेको छ जसमा उपाध्यक्ष कल्याण पौडेल , सचिव शिब प्र. भट्टराई , सह सचिव नारायण बराल , कोषाध्यक्ष सागर आचार्य , सह कोषाध्यक्ष श्याम रेग्मी तथा सदस्यहरुमा रमेश भुषाल,केशवराज वस्ति र कमल वि.क रहनु भएको छ । 
  रत्नपुर सहकारिको स्थापना आर्थिक परिवर्तन हाम्रो चाहाना भन्ने मुल नाराका साथ स्थापना भएको उक्त सहकारिको पहिलो बर्षलाई रकम संकलन र दोश्रो बर्ष  लगानी बर्षका रुपमा लिएर थोरै बेतनमा कार्यरत रत्नपुरवासिहरुको आर्थिक स्थिती सुधारका लागि यस सहकारिले विषेश भुमिका खेल्ने जानकारि गराउदै अध्यक्ष जिवन डोटेलले कतारमा स्याङ्जाबाट आई कार्यरत रहेका सम्पुर्णलाई आर्थिक परिवर्तनका लागि सहकार्य आवश्यक रहेको जनाउनु भयो ।
 सहकारिको प्रथम साधारण सभाको सभापतित्व अध्यक्ष जिवन डोटेलले गर्नुभएको थियो भने प्रमुख अतिथिमा स्याङ्जा सहयोग समाज कतारका प्रथम उपाध्यक्ष रामु बस्याल तथा अतिथिहरुमा स्याङ्जा सहयोग समाजका पदाधिकारिहरु रहनुभएको थियो । प्रमुख अतिथि रामु बस्यालले बचत गर्ने बानिको विकास सगै सम्पुर्ण स्याङ्गजाबासिहरु एकजुट भएर आर्थिक विकासमा लाग्नु पर्ने साथै सहकार्य बाट नै सामाजिक र आर्थिक परिवर्तन गर्न  सकिन्छ भन्दै सम्पुर्ण पदाधिकारिलाई बधाई तथा शुभकामना दिनुभएको थियो त्यस्तै गरि सचिव शिव प्र. भट्टराईले सन्चालन गरेको कार्यक्रममा बन्धु घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने स्या.स.सका सदस्य धनन्जय लम्साल ,चोलाकान्त बि.कले बधाई तथा शुभकामना दिनुभएको थियो । 
स्याङ्जा जिल्ला बाट रोजगारिको शिलशिलामा आई कतारमा कार्यरत स्याङ्जावासिहरुले भौगोलीक क्षेत्रलाई आधार बनाई  लगभग ७ भन्दा बढि सहकारि मार्फत आर्थिक कारोबार गरिरहेका छन । एक्लै हिडे के हो के हो, सँगै हिडे यात्रा सरल, चुनौली छन कति कति , मिलेरै हुन्छन ति हल भन्ने यि शब्दहरुलाई आत्मसाथ गर्दै कतारमा स्याङ्जाका स्थापित सहकारिहरु एकजुट भएर अघाडि बढेमा आर्थिक उन्नति नजिक देखिन्छ ।



Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi