घनस्याम पराजुली (कृष्ण), दोहा – स्याङ्जा सहयोग समाज कतारको प्रथम अर्धबार्षिक भेला सनैया रोड नं. ४२ स्थित एक हलमा संस्थाका अध्यक्ष टुकराज अर्यालको सभापतित्वमा भव्यताका साथ सम्पन्न भएको छ ।
संस्थामा भए गरेका कामहरुमा सदस्य तथा कतारमा कार्यरत स्याङ्जावासिहरुका गुनासाहरु मन्थन गर्दै एउटा निश्कर्ष निकाल्ने र समाजलाई अघाडि बढाउने उद्येश्यले हरेक तिन महिनाको अबधिमा यस्ता भेलाहरुको आयोजना गर्दै आएको छ । स्या.स.स. कतार सन् २००५ मा स्थापना भई गत २७जनवरि२०१२ मा तेश्रो साधारण सभाबाट नयाँ कार्यसमिति गठन गरेको थियो र वर्तमान कार्यसमितिले यस अबधिमा रु ५० लाख बराबरको आर्थिक विवरण सहित कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेको थियो ।
कार्यक्रममा अध्यक्ष टुकराज अर्यालले सस्थाका गतिबिधिहरु प्रस्टउदै सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो भने प्रमुख अतिथि सस्थाका संरक्षक राजेशदर्शन अर्यालले सस्थाको प्रगति प्रति खुसि प्रकट गर्दै बाहिर आएका नकरात्मक कुराहरुको पछि लाग्न नहुने ,कतारमा कार्यरत स्याङ्जावासिहरुको सामाजिक संस्था एक रहेको र कतारमा स्याङ्जावासिहरुलाई दुई घरको आवश्यकता नरहेको जानकारि गराउदै सम्पुर्ण टिमलाई शुभकामना दिनुभयो । विषेश अतिथि सस्थाका सल्लाहकार तथा गैर आवासिय नेपाली संघ कतारमा निर्वतमान महासचिव बिल गुरुङ्गले कतारमा स्थापित संस्था मध्ये एक महत्वपुर्ण सस्थाको भुमिकामा स्याङ्जा सहयोग समाज रहेको र अन्य संस्थाहरु भन्दा यस सस्थाको कार्य प्रगति प्रति अतिनै सन्तुष्टि प्रकट गर्दै शुभकामना दिनुभएको थियो ।
SWC,Photo by:-Ghanashyam parajuli(krishna) |
कार्यक्रममा विषेश अतिथि संस्थाका प्रमुख सल्लाहकार तथा गैर आवासिय नेपाली संघका प्रथम उपाध्यक्ष गुरुनारायण रानाभाटले यो संस्थाले स्याङ्जावासिहरुको दुःख पिडालाई पहिचान गर्नुपर्ने र कुनै काम गर्दा अप्ठ्यारो अवस्था आएमा सस्थाका संस्थापक,संरक्षक तथा सल्लाहकारहरु सँग सल्लाह सुझाव लिई अघाडि बढ्नुपर्ने साथै कतारमा सम्पुर्ण स्याङ्जावासिहरुको एक मात्रा संस्था हुनाले यसको प्रगतिका लागि हामि सबै एकजुट भएर अघाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमलाई सचिव हुमनाथ गैह्रेले संचालन गर्नुभएको थियो भने स्वागत मन्तव्य प्र.उपाध्यक्ष रामु बस्यालले राख्नुभएको थियो साथै प्रगति प्रतिबेदन सह–सचिव घनस्याम पराजुली र आर्थिक प्रतिबेदन सह–कोषध्यक्ष खड्ग बहादुर नेपालीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा खेलकुद विभागका सदस्य धनन्जय लम्साल र सदस्यता नविकरणका संयोजक बेद प्र.पाठकले विभागहरुले गरेका काम कारवाहिको विवरण पेश गर्नुभएको थियो साथै अतिथि डोलराज डुम्रे ,ईकाइको तर्फबाट भिम गैहे्र, बम ब. कार्कि ,नारायण प्र.काफ्ले र याम प्र भुषाल ले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
SWC,Photo by:-Ghanashyam parajuli(krishna) |
कार्यक्रममा अतिथिहरुबाट दिप प्रज्वलन तथा राष्ट्रिय गान सहित उद्घाटन गर्दै उक्त भेलाले नेपालको सँस्कृतीलाई प्रवासमा रहेर पनि एउटा उदारणिय भुमिका निभाउने र नँया प्रतिभाको खोजि कार्य गर्दै अघाडि बढ्ने लक्ष्यका साथ सस्थाका सक्रिय सदस्य शिवराम ढकालको संयोजकत्वमा ९ सदस्यिय स्या.स.स. नवप्रतिभा साँस्कृतिक समुह गठन गरेको छ । उक्त नवगठित नवप्रतिभा साँस्कृतिक समुहहरुद्धारा कार्यक्रमको विचविचमा स्याङ्गजालाई चिनाउने खालका लोकगित गाएर मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रममा सभापति तथा अतिथिहरुले नवगठित साँस्कृतिक समुहलाई बधाई तथा शुभकामना दिनुभएको थियो साथै प्रमुख अतिथिद्धारा यस समुहले कतारमा हुने हरेक साँस्कृतिक कार्यक्रमहरुमा भाग लिई आफ्ना प्रतिभा देखाउदै गएमा उत्कृष्ट प्रतिभाको कदर गर्दै स्या.स.स कतारले कोशेली स्वरुप एल्वम निकाल्ने प्रतिबद्धता जनाउनुभयो ।
SWC,Photo by:-Ghanashyam parajuli(krishna) |
Post a Comment